Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Political

आज गणेशमान सिंहको १ सय २ औँ जन्म जयन्ती

Friday, 11.10.2017, 12:37pm (GMT+6.5)    | Comment | Print | Tell friend

२४ कार्तिक २०७४

काठमाडाैँ

कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १ सय २ औँ जन्म जयन्तीमा कांग्रेस एवं उसका भातृसंगठनले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । सो अवसरमा गणेशमान सिंह फाउन्डेसनले भने राजधानीमा आज अन्तरक्रिया  लगायत विभिन्न कार्यक्रमको आयोजना गरेको छ । फाउन्डेसनका अध्यक्ष तथा गणेशमान सिंहका सुपुत्र कांग्रेस नेता प्रकाशमान सिंहले शोभाभगवतीस्थित गणेशमानसिंहको शालिकमा माल्यार्पण गर्दै प्रजातान्त्रिक आन्दोलनमा गणेशमान सिंहले गरेको योगदानको चर्चा गर्नुभयो । प्रजातन्त्र स्थापना र पुन: स्थापनाका लागि जीवनभर संघर्ष गरेका योद्धा एवं २०४६ का जनआन्दोलनका सर्वाेच्च कमाण्डर स्वर्गिय गणेशमान सिंहकै नेतृत्वमा मुलुकमा राजनीति धार परिवर्तन भएको भन्दै नेता प्रकाशमान सिंहले वर्तमान परिपेक्ष्यमा उहाँका विचार र सिद्धान्तलाई अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो  । 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top