Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Political

अब सिद्धिने पालो नेपालका कम्युनिष्टहरुको हो : कांग्रेस नेता खाँण

Wednesday, 11.08.2017, 12:20pm (GMT+6.5)    | Comment | Print | Tell friend

२१ कर्तिक  २०७४

काठमाडौ


 नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समिति नेपाली कांग्रेसका संयोजक बालकृष्ण खाँणले नेपालबाट कम्युनिष्टहरु छिट्टै  सिद्दिने दावी गर्नुभएको ।नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता खाँणले सो कुरा बताउनुभएको हो  उहाँले नेपाली जनता सधैभरी लोकतान्त्रिक शासन पद्धति,शान्ति विकासको पक्षमा रहेको बताउदै भन्नुभयो,“ निरंकुश राणा शासन ढल्यो, पञ्चायत टिकेन, राजतन्त्र गयो, प्रचण्ड ओली  नामका दुइजना कम्युनिष्ट नेता मिल्दैमा नेपालमा कम्युनिज्म आउदैन लोकतन्त्रका लागि निरड.कुश राजतन्त्र फालेका नेपाली जनताले कम्युनिष्ट निरङ्कुशता स्वीकार गर्नै सक्दैनन

नेता खाँणले अधिनायकवादीहरुलाई आफ्नो सत्ता अकण्टक रहने भ्रम रहने उल्लेख गर्दै भन्नुभयो, “पूर्वी जर्मनीमा जसरी युवाहरुले कम्युनिष्टहरुले लगाएको पर्खाल तोडे, त्यसरी नै नेपाली युवाले निरंकुश अधिनायकवादको मार्गमा जान अग्रसर नेपालका कम्युनिष्टहरुको महत्वकांक्षाको पर्खाल चकनाचूर पारिदिनु पर्दछ।उहाँले कम्युनिष्ट नेताहरुले उठाएको खोक्रो राष्ट्रवादलाई पनि उदांगो पार्नु आवश्यक भएको उल्लेख गर्नुभयो उहाँले भन्नुभयो,“ हामी भौलोगिक, सांस्कृतिक, जातिय धार्मिक विविधतायुक्त यो देशलाई सबैको साझा देशको रुपमा विकास गर्ने संकल्प लिएर हिडेका छौ तर कम्युनिष्ट मध्येको ठूलो दलका अध्यक्षले देशको ठूलो हिस्सामा बस्ने नेपालीलाई भड्काउने काम गर्नुभएको ”“मुलुकमा विखण्डनको विउ रोप्न खोज्ने सि के राउत एमाले अध्यक्ष ओली एकै सिक्काका दुई पाटा हुन, कोही पनि भ्रममा नपरे हुन्छनेता खाँणले भन्नुभयो ।नेता खाँणले प्रतिप्रश्न गर्नुभयो, “हिमाल, तराइ पहाड मिलेर बनेको मुलुकमा एक भागमा बस्नेले अर्कोलाई गाली गर्ने, एक जातिले अर्को जातिलाई गालि गर्ने एक धर्म संस्कृतिका अनुगामीले अर्को धर्म संस्कृतिका अनुगामीलाई गाली गर्दा राष्ट्रियता बलियो हुन्छ कि एकर्काको बीचमा सुहार्द सम्बन्ध कायम राख्दा राष्ट्रियता बलियो हुन्छ ?  उहाँले हरेक नेपालीले देशको माया गरेको बताउदै सीमा क्षेत्रका बासिन्दाले विभिन्न कष्ट सहेर पनि देशको सीमाको रक्षा गरेको बताउनु भयो उहाँले भन्नुभयो,“मधेशवासी लगायत अन्य भूभागमा बस्ने नेपालीलाई गाली गर्नु राष्ट्र कमजोर पार्नु हो राष्ट्रलाई खण्डित गरेर नेपालको राष्ट्रियताको रक्षा हुन सक्दैन राष्ट्रियहित एकता सबल बनाउन सबै भाग प्रदेश एकावद्ध भएर बस्नुपर्छ

 

उहाँले नेपाली कांग्रेस पहाड तराइको पुल भएको पनि उल्लेख गर्नुभयो

उहाँले कम्युनिष्ट नेताहरुको कथनी करणीको अन्तर औल्याउदै भन्नुभयो, “प्रयोगशाला भन्ने पुस्तकका लेखकले २०६९ सालमा ओलीले गोप्य रुपमा होटल एभरेष्टको कुन रुममा कुन समयमा कति घण्टा भेट गरे भनेर किटानीसाथ लेखेका छन् अनि उनै राष्ट्रवादी हुने ?”

कार्यक्रममा नेता खाँणले भन्नुभयो,“कम्युनिष्ट पार्टीका कुन कुन नेताले कुन कुन एजेन्सीबाट कस कसको पैसा खाएका छन हामीसंग रेकर्ड

उहाँले  विदेशीको खोल ओढेर, माक्र्सवादको खोल ओढेर नेपालका कम्युनिष्टहरुले  नयाँ पुस्तालाई आकर्षण गर्न नसक्ने पनि स्पष्ट पार्नुभयो मदन भण्डारीले ल्याएको बहुदलिय जनवादलाई नेपाली जनताले स्वीकार गरेका हुन नेकपा माओवादी पनि संसदीय  व्यवस्थामा आएपछि जनताले स्वीकार गरेका हुनउहाँले भन्नुभयो,“अहिले दुवै दलहरु कम्युनिष्ट अधिनायकवादको सपना देखिरहेका छन, लोकतान्त्रिक पद्धति मौलिक स्वतन्त्रता उपभोग गरिहेका नेपालीलाई त्यो कदापि स्वीकार्य हुन सक्दैन उहाँले नेपाली कांग्रेसले सम्पूर्ण देशवासीको लागि अनुकूल हुने गरी उद्योग, व्यापार, शिक्षा, पूर्वाधार आर्थिक विकास सम्बन्धी नीति ल्याएको उल्लेख गर्दै भन्नुभयो,“ हाम्रो पाटीले आफै व्यवसाय गरेको छैन, कम्युनिष्टहरुले खोलेका छन उनीहरु सत्तामा आएमा आफ्ना संस्था व्यवसाय बचाउने काम गर्छन त्यतिवेला स्वतन्त्र व्यवसायीले के गर्ने ?   निजी लगानीकर्ताको अवस्था के होला ?”

नेता खाँणले पहिले एमालेको तर्फबाट सांसद बनिसक्नुभएका नेपालका प्रसिद्ध उद्योगी तथा व्यापारी विनोद चौधरीको नेपाली कांग्रेस प्रवेशले पनि मुलुकमा वामपन्थीको वर्चश्व उद्योगी,व्यापारी आफ्नो व्यवसाय गरिखाने व्यवसायीहरुले अस्वीकार गरेको प्रमाणको रुपमा व्याख्या गर्नुभएको थियो । मुलुक प्रगतिको पथमा गैरहेको बताउदै नेता खाँणले भन्नुभयो,“संसारभरी विलय भैसकेको नीति नेपालका कम्युनिष्टहरु धिपधिप बाली राख्न चाहन्छन नेका नेता खाँणले नेपाली कांग्रेसले लोकतन्त्रको स्थापना विकासका साथै देशको पूर्वाधार,सामाजिक सेवा आर्थिक विकासको क्षेत्रमा गरेका कामहरु गर्व गर्न लायक भएको पनि उल्लेख गर्नुभयो । २०४६ सालमा लोकतन्त्रको पुनरोदय भएपछि कम्युनिष्टहरुले लोकतन्त्रको संस्थागत विकास सहित आर्थिक सामाजिक विकासमा पनि अवरोध सिर्जना गरेको आरोप लगाउदै भन्नुभयो,“कम्युनिष्टहरुलाई सुधार्ने नाममा यो मुलुकले धेरै मूल्य चुकाएको तर कम्युनिष्टहरुको अवस्था देखिहाल्नुभयो, अझै अधिनायकवादको सपना देखिरहेका छन्

उहाँले मंसिर १० २१ गते हुने संघीय प्रादेशिक संसदको निर्वाचन लोकतन्त्रवादी गठवन्धनलाई बहुमतमा पु¥याउन देशको प्राज्ञिक जगत पनि उत्तिकै सक्रिय रुपले सहभागी हुन आग्रह गर्नुभएको थियो ।कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघ, नेपालका सभापति जगत तिमिल्सिनाले यस पटकको निर्वाचन लोकतान्त्रिक पद्धतिमाथिको जीवन मरणको सवाल भएकोले सबै प्राध्यापकहरुले नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठवन्धनका उम्मेद्वारहरुलाई विजयी बनाउन सक्रिय हुन आग्रह गर्नु भएको थियो

 

कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)का उपकुलपति प्रा.डा. जीवराज पोखरेल, त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष चूडाराज उप्रेती, नेपाल प्राध्यापक संघका पूर्व सभापति प्रा. डा. केशवानन्द गिरी, नेपाल संस्कृत विश्व विद्यालय प्राध्यपक संघका पूर्व अध्यक्ष शान्तिकृष्ण अधिकारी पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा. रामचन्द्र गौतमले पनि नेपाली कांग्रेसले लिनुपर्ने नीति निर्वाचनमा अंगीकार गर्नुपर्ने रणनीतिका बारेमा प्रकाश पार्नुभएको थियो

 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top