Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Political

बाम घोषणापत्रमा राजनीतिक स्थिरता र आर्थिक समृद्धि मुख्य

Wednesday, 11.08.2017, 12:05pm (GMT+6.5)    | Comment | Print | Tell friend

२२ कार्तिक २०७४

काठमाडौं


नेकपा एमाले र माओवादी केन्द्रले राजनीतिक स्थिरता र आर्थिक समृद्धिलाई केन्द्रबिन्दुमा राखेर साझा चुनावी घोषणापत्र हिज सार्वजनिक गरेका छन्। संविधान कार्यान्वयनलाई मुख्य कार्यभार मानेको एमालेमाओवादी संयुक्त घोषणापत्रले राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिलाई मुख्य अजेन्डाका रुपमा अघि सारेका हुन् ।  एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाललगायतको उपस्थितिमा हिज मंगलबार राजधानीमा उक्त चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणपत्रमा नयाँ संविधानको पूर्ण स्वामित्व लिने र लोकतान्त्रिक मूल्यमान्यतामा अडिग रहने प्रतिबद्धता गरिएको छ । समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक समावेशीकरण, सामाजिक न्याय र धर्मनिरपेक्षताजस्ता ऐतिहासिक उपलब्धिसहित जनताको प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणालीलाई संस्थागत गरिएको नेपालको संविधानको पूर्ण स्वामित्व लिँदै त्यसको प्रभावकारी कार्यान्वयन गरिनेछ ।अद्यावधिक निर्वाचनबाट ताजा जनादेश प्राप्त गर्ने र असहमति एव प्रतिपक्षको कदर हुने शासन प्रणाली अनुशरण गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा छ।

एमाले र माओवादी साझा घोषणापत्र कांग्रेसप्रति आक्रामक रुपमा उभिए पनि अन्य दलप्रति मौन छ । आफूबाहेक अरु सबैलाई अतिवादीलोकतन्त्र विरोधीदेख्ने दलको रुपमा कांग्रेसलाई व्याख्या गर्दै घोषणापत्रमा सत्तामा रहँदा अतिवादलाई प्रश्रय दिने र अलोकतान्त्रिक कार्यमा निर्लिप्त हुने गरेको गम्भीर आरोप लगाएको छ । विशेष सम्बन्धका नाममा छिमेकी देशसँगको सम्बन्धलाई असन्तुलित बनाउँदै राष्ट्रियता, स्वाभिमान र राष्ट्रहितविपरित कार्य गर्दै आएको छ,’ कांग्रेसमाथि आरोप लगाउँदै घोषणापत्रमा अगाडि लेखिएको छ, ‘यस पार्टीको मूल चरित्र कम्युनिस्ट विरोधी, श्रमजीवी जनता विरोधी र लोकतन्त्रलाई निहित स्वार्थअनुरुप परिभाषित गर्ने खालको छ ।कांग्रेसमाथि कयपटक वैदेशिक हस्तक्षेप निम्ताएको आरोप लगाउँदै एमाले र माओवादीले कांग्रेसलाई राष्ट्र निमार्ण गर्ने कुनै इच्छाशक्ति, दूरदृष्टि र योजना नभएको पार्टीका रुपमा चित्रित गरेका छन्।

 

पार्टी एकता र संविधान संशोधन

एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने प्रतिबद्धता गरिएको घोषणापत्रमा संविधान संशोधन गर्न सकिने उल्लेख छ । जतिसक्दो छिटो ऐतिहासिक एकता महाधिशेसन सम्पन्न गरी विधिवत् रुपमा एकीकृत पार्टी निमार्ण गरिनेछ,’ घोषणापत्रमा उल्लेख छ, ‘आवश्यकताबमोजिम संविधान संशोधन, परिमार्जन र विकास भइरहने छ ।केही कानुनी जटिलता र भावनात्मक पक्षलाई ध्यान दिनुपर्ने कारणले मात्रै तत्काल पार्टी एकीकरण हुननसकेको घोषणापत्रमा जनाइएको छ।

 

आत्मनिर्भर सबल अर्थतन्त्र

दुई दलले राष्ट्रिय औद्योगिक पुँजीको विकास गर्दै आत्मनिर्भर तथा सबल अर्थतन्त्र निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई उत्तिकै महत्त्वका साथ प्रवद्र्धन गरिनेछ,’ घोषणपत्रमा उल्लेख छ, ‘राष्ट्रको मुख्य कार्यभार तीव्र आर्थिक विकास र सामाजिक न्यायसहितको उच्चस्तरको समृद्धि गर्नु भएकाले तदनुरुप कार्यक्रम, मूल कार्यनीति र कार्ययोजना निमार्ण गरिनेछ ।सामाजिक न्यायसहितको सुसंस्कृत र समृद्ध समाजवाद लक्ष्य राखेर कार्यक्रम निमार्ण गर्ने घोषणापत्रमा उल्लेख छ।

 

निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण अंगका रुपमा  प्रोत्साहन गरिने घोषणापत्रमा लखिएको छ । त्यस्तै सार्वजनिकनिजीसाझेदारीलाई महत्त्वका साथ अगाडि बढाइने  घोषणापत्रमा छ । नव उदारवादको अन्ध पक्षपोषणले अनुत्पादक र उपभोक्तावादी पुँजीवादलाई बढवा दिइरहेको वर्तमान स्थितिलाई अन्त्य गरी  राष्ट्रिय उत्पादनशील पुँजी, श्रम र रोजगारीकेन्द्रित औद्योगिकीकरण एव विकास नीति अवलम्बन गरिनेछघोषणापत्रमा उल्लेख छ । दुवै दलले कम्युनिस्टहरूको सहभागितामा मात्रै जनपक्षीय आन्दोलनहरू सफल भएको दाबी गरेका छन्।

 

कम्युनिस्ट मात्रै परिवर्तनवाहक

नेपालका सबैखाले जनक्रान्ति र आन्दोलन कम्युनिस्टहरूको नै पहलकदमीमा भएको दाबी घोषणापत्रमा प्रस्तुत गरिएको छ । एमाले र माओवादी नेतृत्व नभएको भए न संविधानसभाको विषय राष्ट्रिय कार्यसूची बन्न सक्थ्यो, न त अवरोधलाई पन्छाउँदै संविधानसभाबाट समाजवादउन्मुख संविधान नै घोषणा हुनसक्थ्यो, कम्युनिस्टहरूको अथक प्रयत्न र पहल नभएको भए नेपालमा आजको अग्रगामी परिवर्तन सम्भव हुने थिएन ।कम्युनिस्टकै काँधमा देशको भावी मार्गचित्र कोर्ने जिम्मेवारी आएको पनि घोषणापत्रमा लेखिएको छ।

 

राष्ट्रियताका ५ स्तम्भ

दुवै दलको सझा घोषणापत्रमा राष्ट्रियताको सवालमा पाँचवटा स्तम्भ किटान गरिएको छ । घोषणापत्रअनुसार सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमान राष्ट्रियताका पाँच स्तम्भ हुन् । समानता, पारस्परिक लाभ र सम्मानलगायत पञ्चशील सिद्धान्त, संयुक्त राष्ट्रसंघको वडापत्र र अन्तर्राष्ट्रिय कानुनका स्थापित मान्यता आधारमा सबै देशसँग सुमधुर सम्बन्ध कायम गरिनेछ,’ घोषणापत्रमा लेखिएको छ, ‘यिनै सिद्धान्त र मान्यता आधारमा छिमेकी मुलुक भारत र चीनसँग घनिष्ठ र सुदृढ सम्बन्ध कायम गरिनेछ।’ एमाले र माओवादीले असमान सन्धिसम्झौता प्रतिस्थापन  र संशोधन गरी राष्ट्रहितअनुकूल बनाइने जनाएका छन्।

 

राष्ट्र निर्माणमा केन्द्रित

नेपाली स्वरुपको लोकतन्त्रबाट जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीर समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणलाई सफल पार्न कम्युनिस्टबाटै मात्रै सम्भव भएको दाबी घोषणापत्रमा गरिएको छ । राष्ट्र निमार्णको सन्दर्भमा लोकतन्त्र, सामाजिक न्याय, समानता र सदभाव, राष्ट्रिय एकता, शान्ति तथा स्थायित्व र विकास तथा समृद्धिका मुख्य ५ विषयमा केन्द्रित हुन चाहन्छ घोषणापत्रमा उल्लेख छ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top