Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Political

उम्मेदवारी फिर्ता लिन सेनाको हेलिकप्टर चढेर मन्थली पुगे बागी उम्मेदवार

Wednesday, 10.25.2017, 02:57pm (GMT+6.5)    | Comment | Print | Tell friend

८ कार्तिक २०७४

मन्थली


बाम गठवन्धनमा उम्मेदवारीमा कुरा नमिले पछि बागी उम्मेदवारी दिएका माओवादीका प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार लक्ष्मी गुरुङ, प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार हेमन्त पौडेल र २ बाट स्वतन्त्र उम्मेदवार दर्ता गराएका मैनकुमार मोक्तानले बागी उम्मेदवारी लिएका माओवादी नेताहरु काठमाडौंबाट हेलिकप्टर चार्टर गरी मन्थली पुगि उम्मेदवारी फिर्ता लिएका छन् । मंगलबार पार्टीका उच्च तहका नेताहरुसँग वार्ताका लागि काठमाडौं गएका प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार लक्ष्मी गुरुङ, प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार हेमन्त पौडेल र २ बाट स्वतन्त्र उम्मेदवार दर्ता गराएका मैनकुमार मोक्तान (मदन)लाई लिएर बिनाविभागीय राज्यमन्त्री तथा प्रतिनिधिसभाका लागि बाम गठवन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठले हेलिकप्टरमा राखेर मन्थली ल्याएका हुन् । उनीहरु तीनै जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ताका लागि झण्डै साढे १२ बजे नेपाली सेनाको हेलिकप्टरमा रामेछाप विमानस्थलमा झरेका बागी उम्मेदवारहरु र राज्यमन्त्री श्रेष्ठ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिइ १ बजे सोही हेलिकप्टरबाट काठमाडौं फर्किएका छन् ।


बगैचा सम्बाददाता -फाेटाे दिनेश सुवेदीको फेसबुक

Hot News

 

SEARCH

Newsletter

Top