Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Political

विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता

Tuesday, 10.17.2017, 12:17pm (GMT+6.5)    | Comment | Print | Tell friend

३१ असोज २०७४

काठमाडौं

मधेसी जनअधिकार फोरमका विजयकुमार गच्छदारले नेपाली कांग्रेससँग एकता गरेका छन् । उनी एक दशकपछि नेपाली कांग्रेसमा नै फर्केका छन् । २०६४ माघ १८ गते कांग्रेसबाट अलग भएर मधेसी जनअधिकार फोरम नेपाल हुँदै २०६६ सालदेखि नेपाल लोकतान्त्रिक फोरमको नेतृत्व गर्दै आएका गच्छदारले हिजो सोमबार एक कार्यक्रमबीच प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँग पार्टी एकता गरेका हुन्। आइतबार साँझ नै कांग्रेस सभापति शेरबहादुर देउवा र गच्छदारले पार्टी एकीकरण सहमतिपत्रमा हस्ताक्षर गरे पनि सोमबार आयोजित घोषणासभामा मात्र दुवै नेताले त्यसलाई सार्वजनिक गरे । सहमतिपत्रमा मुलुकको राजनीतिलाई अधिनायकवादतर्फ धकेल्ने प्रयत्न भइरहेकाले संविधानसभाबाट जारी संविधान र लोकतन्त्रलाई अझ मजबुत बनाउन पार्टी एकीकरण गरिएको उल्लेख छ । संविधानलाई सर्वस्वीकार्य बनाउने कार्य अझै बाँकी रहेकाले यसतर्फ प्रतिबद्घ र क्रियाशील रहने संकल्प पनि सहमतिपत्रमा गरिएको छ।

संविधान निर्माण क्रममा २०७२ जेठ २५ गते दलहरूबीच भएको १६ बुँदे सहमतिमा पनि संविधानलाई थप स्वीकार्य बनाउने आधार प्रदान गरिएको कुरालाई सहमतिपत्रमा स्मरण गरिएको छ । थारु, मधेसी, जनजाति, आदिवासी, महिला, दलित, मुस्लिम र सीमान्तकृत समुदायलगायतको हक, अधिकारलाई आगामी दिनमा संविधान संशोधन प्रक्रियाबाट पूरा गर्ने प्रतिबद्धता पनि सहमतिपत्रमा गरिएको छ। पार्टी एकीकरणपत्रमा आइतबार हस्ताक्षरपछि दुवै दलले निर्वाचन आयोगमा संयुक्तरुपमा समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । गच्छदार पक्षका आधा दर्जन नेता नाम केन्द्रीय संसद्को समानुपातिक सूचीमा समेटिएको स्रोतको दाबी छ । त्यस्तै, प्रत्यक्षतर्फ पनि गच्छदार पक्षलाई ६ सिट दिने सहमति भएको नेताले बताएका छन् । तर, दुई दलीय सहमतिमा यी विषय उल्लेख छैनन्। मंसिर १० र २१ गते हुने प्रदेश र संघीय प्रतिनिधिसभा निर्वाचनपछि दुई पार्टीको सांगठनिक संरचनालाई आपसी सहमतिमा केन्द्रदेखि गाउँसम्म समायोजन गर्दै जाने सहमति भएको छ । एकतापछि नेपाली कांग्रेसको सांगठनिक संरचनामा नेपाल लोकतान्त्रिक फोरम र यसका भ्रातृ÷भगिनी संस्थाका संरचना एवं सदस्यको यथोचित समायोजन गरिने सहमतिपत्रमा लेखिएको छ। गच्छदारलाई भने पार्टी पदाधिकारीको जिम्मेवारी दिने आन्तरिक सहमति भएको स्रोतको दाबी छ । एकता सभामा नेता रामचन्द्र पौडेलले कम्युनिस्टले मुलुकलाई ध्रुवीकरण गर्दै अस्थिरतातर्फ लैजान लागेका बेला फोरम लोकतान्त्रिकसँगको एकीकरण सकारात्मक रहेको दाबी गरे । पार्टी एकीकरण कार्यक्रममा फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्यसमेत रहेका गुन्डा नाइके गणेश लामा मञ्चमा नै उपस्थित थिए ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top