Hot News
अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय
Home > News > Political

सरकार तत्काल पुर्नगठन नहुने

Tuesday, 10.10.2017, 02:30pm (GMT+6.5)    | Comment | Print | Tell friend

२४ असोज २०७४

काठमाडौं

सत्ता सझेदार प्रखुख दल माओवादी केन्द्रले प्रतिपक्षी एमालेसँग वाम गठबन्धन निर्माण गरेपछि चर्चामा आएको सत्ता पुर्नगठनको संभावना तत्कालका नहुने भएको छ । कांग्रेस नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलको आन्तरिक व्यवस्थापन मिल्न नसक्दा सरकार पुर्नगठनको संभावना तत्कालका नहुने भएको हो । गठबन्धनमा आबद्ध राप्रपा लगायत केहि दल सरकारमा जान तयार भएपनि राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसंग कुरा मिल्न सकेको छैन । मुख्य दलबीच ध्रुब्रिकरण बढेसंगै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुर्नगठनका लागि छलफल अघि बढाउनुभएको थियो । तर कानुनविदले सरकार पुर्नगठन गर्दा निर्वाचन आचारसंहिताले अप्ठेरो पर्ने तथा निर्वाचन नै प्रभावित हुनसक्ने बताएपछि प्रधानमन्त्री देउवालाई अप्पठाराे परेको छ । 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top