Hot News
अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय
Home > News > Political

राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागि हुने

Monday, 10.09.2017, 01:00pm (GMT+6.5)    | Comment | Print | Tell friend

२३ असोज २०७४

काठमाडौँ

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुने भएको छ ।  सोमबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा जाने निर्णय गरेको हो । कार्यसम्पादन बैठकमा अध्यक्ष थापाले सरकारमा उपप्रधान तथा गृहमन्त्रालयसहित चार मन्त्रालय पाउने जानकारी गराएका छन्। थापाले नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा प्रतिनिधि सभाका लागि ७-८ सिट र प्रदेश सभा लागि २५-३० सिट मागेको जानकारी गराएका थिए।राप्रपाले  आज बसन्तपुरमा नेपाललाई हिन्दुराष्ट्र बनाउने दवाव दिने उद्देश्यले बृहद आमसभाको आयोजना गरेको छ । आजको बैठकमा अध्यक्ष कमल थापाले विकसित राजनीतिक अवस्था, पार्टीले लिने रणनीति तथा आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीको रणनीतिका सन्दर्भमा धारणा राखेका थिए । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर चुनावी गठबन्धन बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले  सरकार पुर्नगठनको तयारी गरेका छन् । उनले माओवादी मन्त्रीलाई सरकारबाट हटाएर राप्रपा, संघीय समाजवादी फोरमलगायतका दललाई सरकारमा सहभागि गराउने तयारी गरेको स्रोतको भनाई छ । 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top