Hot News
अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय
Home > News > Political

नयाँ शक्ति र हृदयेस त्रिपाठीको समुह कानुनीरूपमा एमाले

Saturday, 10.07.2017, 12:33pm (GMT+6.5)    | Comment | Print | Tell friend

२१ असोज २०७४

काठमाडौं

नेकपा एमालेको सूर्य चिन्हमा चुनाव लड्न लागेको नयाँ शक्ति पार्टी र राजपा छोडेरका हृदयेस त्रिपाठीको समुह कानुनी रुपमा नेकपा एमाले हुने भएका छन् । जुन निर्वाचन चिन्हबाट उम्मेदवार विजयी हुन्छ सोही दलको सदस्यका रुपमा आयोगमा दर्ता हुने व्यवस्था रहेको छ । चुनाव चिन्ह सहित उम्मेवारी दर्ता गरेर बिजयी भएपछि आधिकारिक रुपमा एमाले बन्ने भएका हुन् ।

आयोगका अनुसार अन्य दलको चुनाव चिन्ह सापटी लिएका उम्मेदवार विजयी भएमा सोही पार्टीको सदस्यको रुपमा रहने ब्यवस्ता रहेको छ । निर्वाचन आयोगमा यसअघि जुनसुकै निर्वाचन चिन्ह दर्ता भएपनि संविधानको धारा २७१ का आधारमा चुनावमा भाग लिने दललाई दर्ता हुन आह्वान गर्छ । निर्वाचन प्रक्रियाका लागि पुनः दर्ता भएर आयोगले दिएको निर्वाचन चिन्ह नै आधिकारिक हुने गर्दछ । आयोगले निर्वाचनमा भाग लिने दललाई भदौ ११ गते दर्ताका लागि बोलाएको थियो । यसरी दर्ता भएका दल मध्ये ८८ दलले आफ्नै चुनाव चिन्हमा चुनाव लड्नका लागि दर्ता गराएका छन् भने ३ दलले अर्को दलको चिन्ह प्रयोग गर्ने गरी दर्ता भएका छन् । निर्वाचन आयोगले दिएको सीमाभित्र एउटा चुनाव चिन्हमा दर्ता भएका दलका उम्मेदवारले पछि अर्को चुनाव चिन्हबाट उम्मेवारी दिएमा सोही दलको सदस्य हुने ब्यवस्था रहेको छ । बाम तालमेल पछि डा.बावुराम भट्टराईको नयाँ शक्ति नेपालले नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनाव लड्ने बताइएको छ । 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top