Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Political

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच पार्टी एकताको घोषणा

Wednesday, 10.04.2017, 09:09am (GMT+6.5)    | Comment | Print | Tell friend

१८ असोज २०७४
काठमाडौं  
प्रमुख वामपन्थी दलहरू नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन लगत्तै पार्टी एकता प्रक्रिया अघि बढाउने घोषणा गरेका छन् । मंसिर १० र २१ गते हुन लागेको प्रदेश र केन्द्रको निर्वाचनमा दुई दलीय तालमेलबाट सुरु भएको छलफल पार्टी एकीकरणमा गएर टुंगिएको हो। तीन दलबीच एउटै कम्युनिस्ट निर्माण गर्ने उद्देश्यसाथ ६ बुँदे सहमति समेत भएको छ । नेताहरूले तीन दलीय एकीकरणको प्रस्थान बिन्दुका रूपमा मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका छन् । पार्टी एकता र आगामी निर्वाचनमा तालमेल घोषणा गर्न राष्ट्रिय सभागृहमा आयोजित पत्रकार सम्मेलनमा माओवादी नेता एवम् गृहमन्त्री जनार्दन शर्माले तीन पार्टीबीच भएको एकीकरणको ६ बुँदे योजना सार्वजनिक गरेका छन् । 
तीन पार्टीबीच पार्टी एकताको लागि भएको ६ बुँदे सहमतिको सारांश तीन पार्टीबीच एकीकरण गरी एउटै पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने । समितिमा एमालेबाट ४, माओावदीबाट ३ र नयाँ शक्तिबाट १ नेता रहने । विस्तृत खाका र योजना यही समितिले तयार पार्ने । पार्टीको नीति र विधान तयार पार्न दस्तावेज मस्यौदा समिति गठन गर्ने । प्रदेश र प्रतिनिधिसभा निर्वाचन पछि एकीकरण सम्पन्न गर्ने । अब बन्ने पार्टीको मुद्दामा बहस गर्न सकिने । सार्वजनिक रुपमा सार्वजनिक टिप्पणी र नकारात्मक टिप्पणी नगर्ने । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा माओवादी केन्द्रलाई ४० र एमालेलाई ६० प्रतिशत हुने गरी तालमेल गर्ने । निर्वाचनमा साझा घोषणा पत्र तयार पार्ने । प्रतिनिधि सभा निर्वाचन घोषणा पत्र मस्यौंदा समिति तयार गर्ने । निर्वाचनमा तालमेलका लागि अन्य शक्तिलाई पनि आह्वान गर्ने । जस्ता विषय ६ बुँदेमा समेटिएका छन् ।


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top