Hot News
मौन अवधी शुरु, मतदाता परिचयपत्र वितरण गरिदै ; स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा
Home > News > Political

वीरगन्ज महानगरमा संघीय समाजवादी विजयी

Wednesday, 09.27.2017, 03:03pm (GMT+6.5)    | Comment | Print | Tell friend

१२ असोज २०७४

वीरगन्ज

वीरगन्ज महानगरमा मत गन्न बाँकि रहेता पनि संघीय समाजवादीका मेयरका उमेदवार विजय सरावगीले धेरै मतअन्तर भएकाले उनी विजयी भएका हुन । वीरगन्ज महानगरपालिको प्रथम मेयरको रुपमा फोरम नेपालका उम्मेदवार सरावगी नै निर्वाचित हुने मतपरिणामले निश्चित गरिदिएपछि कार्याकर्ताहरुले बधाइ तथा शुभकामना साटासाट थालेका हुन्। सात सय मतपत्र मात्र गन्न बाँकीरहेको बेला फोरम नेपालका मेयर उम्मेदवारको अग्रता दुई हजार २ सय ७ भएपछि जित निश्चत भएको हो। वडा नम्बर १६ को ७ सय मत गन्न बाँकी थियो। कुल मत परिणाम जोडर एकैपटक सार्वजनिक गर्न प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। एक घण्टाअघि नै फोरमले जितिसक्ने आधार तय भइसकेकोपछि फोरमका कार्यकर्ता र समर्थकहरु मतगणनास्थल ठाकुरराम बहुमुखि क्यामपस अगाडी जुट्न सुरु गरिसकेका थिए। उतिबेला फोरम, नेपाका उम्मेदवार सरावगीको मत अठार हजार ८ सय ८४ थियो भने काँग्रेसका उम्मेदवार अजय द्विवेदीले सोह्र हजार ९ सय ३५ मत ल्याएका थिए। उपमेयरमा भने काँग्रेस उम्मेदवार शान्तिकार्की फराकिलो मतान्तरले अगाडी छिन्। काँग्रेस की उम्मेदवार कार्कीको मत उन्नाइस हजार ३ सय ३८ रहको बेला फोरम उम्मेदवार पिंकी यादवको अठार हजार ५ मात्र थियो । अन्तिम मत परिणाम केही बेरमा सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top