Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > Political

अखिल क्रान्तिकारीको नेतृत्व निर्वाचनबाट

Monday, 08.28.2017, 12:25pm (GMT+6.5)    | Comment | Print | Tell friend

१२ भाद्र २०७४

काठमाडाैँ

माओबादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीको २१ औ राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनका लागी निर्वाचन हुने भएको छ । पटक पटक भएका सहमतीको प्रयास असफल भएपछि पहिलो पटक निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने भएको हो । पार्टी नेतृत्वले आफ्नो कुनै आधिकारिक उम्मेदवार नभएको र सम्मेलनमा हस्तक्षेप नगर्ने बताएपछि खुल्ला निर्वाचनबाट नेतृत्व चयनको प्रक्रिया सूरु हुन लागेको सो संगठनले जनाएको छ । गए राति सहमतीको अन्तिम प्रयास गरिएपनि अध्यक्षका आकांक्षी अनिल शर्मा र रञ्जित तामाङले चुनावमै जाने अडान राखेका थिए । दुवै पक्ष प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा छन । आज उम्मेदवारी दर्ता लगायतका प्रक्रिया सकेर भोली मतदान हुने बताइएको छ । शर्माको प्यानलबाट उपाध्यक्षमा दिपक देवकोटा र पन्चा सिंह तथा महासचिवमा उत्तम अधिकारी र विजय गौतमले उम्मेदवारी दिने तयारी गरेका छन् । त्यस्तै तामाङ प्यानलबाट उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलक राजभण्डारी तथा महासचिवमा खेमबहादुर सिंह र दिपेश पुनको नाम चर्चामा छ ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top