Hot News
मौन अवधी शुरु, मतदाता परिचयपत्र वितरण गरिदै ; स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा
Home > News > Political

संविधान संशोधन प्रयास असफल

Monday, 08.21.2017, 10:38pm (GMT+6.5)    | Comment | Print | Tell friend

५ भाद्र २०७४
काठमाडौ
संविधान संशोधन प्रयास असफल भएको छ । व्यवस्थापिका–संसद्को बैठकले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७३ लाई सोमबार अस्वीकृत गरेको छ । विधेयकको पक्षमा संसदको कुल संख्याको दुई तिहाई मत नपुगेपछि विधेयक अस्वीकृत भएको हो । सभामुख ओनसारी घर्तीले संसदबाट विधेयक अस्वीकृत भएको घोषणा गरिन्। 'नेपालको संविधान दोस्रो संशोधन गर्न उक्त संख्या तत्काल कायम रहेको ५९२ को दुई तिहाई बहुमत नभएकोले अस्वीकृत भएको घोषणा गर्दछु ।'
सोमबार साँझ संसदमा भएको मतदानमा संशोधन पारित गर्ने पक्षमा ३४७ मत र विपक्षमा २०६ मत परेपछि संसदबाट विधेयक असफल भएको हो । संविधान संशोधनको पक्षमा काँग्रेस, माओवादीलगायत तराई केन्द्रित दलहरुले मतदान गरेका थिए भने विपक्षमा विपक्षमा एमाले, राप्रपा लगायतले मतदान गरेका थिए । सांसदको कुल संख्या ५ सय ९२ रहेको छ । विधेयक माथिको दफावार छलफलपछि भएको मत विभाजनको परिणाम अनुसार सोमबार संविधान संशोधनको लागि सांसदको कुल संख्याको दुई तिहाई बहुमत पक्षमा हुनु पर्ने व्यवस्था छ । 
संविधान संशोधन प्रस्ताव मधेसको राष्ट्रिय जनता पार्टीलगायतका दलहरुले गर्दै आएको आन्दोलन र मागलाई सम्बोधन गर्नका लागि सरकारले संविधान दोस्रो संशोधन विधेयक २०७३  ल्याएको हो तर, उक्त प्रस्तावको सुरुदेखि नै प्रमुख प्रतिपक्षी दल एमालेलगायतले विरोध गर्दै आएको थियो । 


बगैँचा सम्वाददाता

Hot News

 

SEARCH

Newsletter

Top