नयाँ शक्ति ध्रुवीकरणमा देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ

Friday, 08.18.2017, 03:39pm (GMT6.5)

२ भदौ २०७४

काठमाडौं ।

नयाँ शक्ति पार्टी ध्रुवीकरण हुने भएकाे छ । देवेन्द्र पौडेलको नेतृत्वमा वृहत ध्रुवीकरण संयोजन समिति गठन गरेका छन् । देवेन्द्र पौडेलको नेतृत्वमा १५ नेताले हालै ध्रुवीकरणका लागि आहृवान गरेका थिए उनीहरुले छिट्टै राष्ट्रिय भेला आयोजना गर्ने र राजनीतिक कार्यदिशासहितको प्रतिवेदन र घोषणा पत्र जारी गर्ने तयारीमा छन् । । ध्रविकरणको पक्षमा लाग्नेहरुमा पौडेलसँगै बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, वलालाती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईँ, शर्मिली तामाङ, रत्न राना र सविन्द्र सुनुवार छन् । साथै ललित ठगुन्ना र कुलबहादुर मोक्तान पनि यो समूहमा थपिएका छन् । पौडेल समूहले छुट्टै भेला गरेर पार्टी वैचारिक कार्यदिशाको अलमल र अपष्टता रहेको भन्दै पूर्व माओवादी, मधेसवादी, जनजाति, थारु आन्दोलन समेतलाई ध्रुवीकरणका लागि फेरि आहृवान गरेको छ । साथै ध्रुविकरणको पहल गर्न भन्दै देवेन्द्र पौडेलको नेतृत्वमा वृहत ध्रुवीकरण संयोजन समिति गठन गरिएको छ । यो समूहले छिट्टै राष्ट्रिय भेला गरी राजनीतिक कार्यदिशासहितको प्रतिवेदन र घोषणा पत्र सार्वजनिक गर्ने बताएको छ ।

बगैचा सम्बाददाता

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.