Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > Political

बल्ल पायो भरतपुर महानगरपालिकाले मेयर र उपमेयर

Sunday, 08.06.2017, 10:40am (GMT+6.5)    | Comment | Print | Tell friend

२२ साउन २०७४
चितवन । 
भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी भएका छन् । दाहालले ४३ हजार १२७ मत प्राप्त गरिन् भने ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे । माओवादी–कांग्रेस गठवन्धनका उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मत अन्तरले पराजित गरिन् । निर्वाचन भएका ५ वटा महानगरमध्ये मेयर र उपमेयर दुबै पदमा महिला निर्वाचित भएको भरतपुर महानगरपालिका मात्रै हो । यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाहले ४७ हजार १९७ मत ल्याएर जित हात पार्दा एमालेकी दिब्य शर्मा आचार्यले ३९ हजार ५२५ मत ल्याइन् ।
पहिलो चरणमा बैशाख ३१ गते निर्वाचन भएको भरतपुर महानगरपालिकामा गत जेठ १४ गते मध्यराति माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेपछि गणना स्थगित गरिएको मतपत्र च्यातिएपछि सो वडाका सबै मत बदर गर्दै निर्वाचन आयोगले साउन २० गते पुनः मतदान गराएको थियो । मतपत्र च्यातिनुअघिसम्म एमाले उम्मेदवार देबी ज्ञवाली रेणु दाहालभन्दा ७८४ मत अन्तरले अघि थिए । वडा नम्बर २० मा ज्ञवालीले ५६३ मत तिरेका थिए । २२१ मतको सामान्य अग्रता लिएर वडा नम्बर २० मा प्रवेश गरेका ज्ञवालीको अग्रता १६ सय मत गणना गरेपछि सकिएको थियो ।

कुन दलले कति वडा जिते ?

भरतपुर महानगरपालिका २९ वटा मध्ये १४ वटा वडा एमालेले जितेको छ । यस्तै, १२ वटा कांग्रेसले र ३ वटा वडा माओवादीले जितेको छ । महानगरको वडा नम्बर २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ एमालेले जितेको छ । कांग्रेसले १, ३, ६, ८, १४, १५, १७, १८, १९, २०, २१ र २७ नम्वर वडा जितेको छ । माओवादीले १३, २५ र २६ नम्वर वडा जितेको छ ।


बगैँचा सम्वाददाता

Hot News

 

SEARCH

Newsletter

Top