Hot News
संविधान संशोधन प्रयास असफल ; आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै चरणमा हुने ; अब ट्याक्सीमा बिल प्रिन्टिङ सिस्टम लागु हुने ; हामीलाई दोषी देखाउन संशोधन प्रस्ताव ल्याइयो। ; पत्रकार महासङ्घको नेतृत्व चयन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने
Home > News > Political

भरतपुर महानगरपालिमा साउन २० मा पुनः मतदान

Tuesday, 08.01.2017, 10:27pm (GMT+6.5)    | Comment | Print | Tell friend

१८ श्रावण २०७४
 काठमाडौं 
सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई सदर गरे पछि भरतपुर महानगरपालिकाको वडा नं. १९ मा साउन २० गते मतदान हुने भएको छ। स्थानीय तह निर्वाचनको पहिलो चरणमा बैशाख ३१ गते मतदान भएको भरतपुरमा वडा नं. १९ को मतगणना जारी रहँदा जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएको थियो । निर्वाचन आयोगले फेरि मतदान गराउन भने पनि सर्वोच्च अदालतमा मुद्दा परेको थियो। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले च्यातिएका मतपत्र बदर मानी अरु मतगणना गर्न माग गर्दै परेको रिट निवेदन खारेज गरेको हो । गत आइतबार साँझ अबेर सर्बोच्चको फैसला सुनाउँदै प्रवक्ता महेन्द्रनाथ उपाध्यायले पुनः मतदान गर्ने निर्णय कार्यन्वयन नगर्न दिएको अन्तरकालिन आदेश समेत बदर भएको बताए । अदालतले निर्वाचन अधिकृतको प्रतिवेदन, निर्वाचन आयोगले गठन गरेको छानविन समितिको प्रतिवेदन लगायतका आधारमा मतगणनास्थल कब्जा भएको देखिएको फैसलामा उल्लेख गरेको छ ।
भरतपुर वडा नं. १९ मा तीन हजार ७९७ मतदाता छन् । यसअघि सो वडामा दुई हजार ८६० मत खसेको थियो । भरतपुरमा काँग्रेस माओवादीबीच चुनावी गठबन्धन छ । गठबन्धनबाट मेयर पदमा माओवादी केन्द्रकी रेणु दाहाल उम्मेद्वार छिन् । एमालेले देवि ज्ञवालीलाई मेयर पदमा उठाएको छ। कुल २९ वटा वडा रहेको भरतपुरमा १९ र २० नम्बर वडा बाहेक अरु सवै वडाहरुको मत परिणाम सार्वजनिक भइसकेको छ । १९ को गणना अन्तिम हुँदै गर्दा मतपत्र च्यातिएको हो । मतपत्र च्यातिनुअघि वडा नं. १९ को १८ सय मत गनेर परिणाम सार्वजनिक भएको थियो । सोचे जस्तो मत नआएपछि फेरि मतदान गरेमा धेरै मत ल्याउने सक्ने योजनाका साथ माओवादीले मतपत्र च्यातेको एमालेले आरोप लगाउँदै आएको छ । 


बगैँचा डटकम

Hot News

 

SEARCH

Newsletter

Top