Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > Political

बल्ल मन्त्रिपरिषद् विस्तार

Thursday, 07.27.2017, 01:48pm (GMT+6.5)    | Comment | Print | Tell friend

१२ श्रावण २०७४

काठमाडाै

हिजाे बुधबार बल्ल मन्त्रिपरिषद् विस्तार भएकसँगै मन्त्रिपरिषद् २७ सदस्यीय बनेको छ। जेठ २३ मा निर्वाचित प्रधानमन्त्री देउवाले सानो आकारको मन्त्रिपरिषद् गठन गरे पनि विस्तार गर्न भने डेढ महिनाभन्दा बढी समय लगाए। प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरम र नेकपा (संयुक्त) बाट १९ मन्त्री थप्पिएका छन् । विस्तारित मन्त्रिपरिषद्मा माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल स्वास्थ्य, महेन्द्रबहादुर शाही ऊर्जा, टेकबहादुर बस्नेत सामान्य प्रशासन, शिवकुमार मण्डल आपूर्ति, सन्तकुमार थारू पशुपन्छी विकास र आशा खनाल कोइराला महिला, बालबालिका मन्त्री भएका छन्। अहिले माओवादी केन्द्रबाट ६ जना थपिएका छन्। यसैगरी कांग्रेसबाट थपिएका १० मन्त्रीमा मोहनबहादुर बस्नेत सूचना तथा सञ्चार, महेन्द्र यादव खानेपानी तथा सरसफाइ, रामकृष्ण यादव कृषि विकास, सञ्जय गौतम सिँचाइ, वीरबहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात, यज्ञबहादुर थापा कानुन, न्याय तथा संसदीय मामिला, राजन केसी युवा तथा खेलकुद, मीन विश्वकर्मा वाणिज्य, अम्बिका बस्नेत सहकारी तथा गरिबी निवारण र भीमसेनदास प्रधान रक्षामन्त्री भएका छन्। लोकतान्त्रिक फोरमबाट जितेन्द्र नारायण देव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र गोपाल दहित भूमिसुधार तथा व्यवस्था मन्त्री भएका छन्। नेकपा (संयुक्त) बाट मिथिला चौधरी जनसंख्या तथा वातावरण मन्त्री भएकी छन्। 


बगैचा डटकम

Hot News

 

SEARCH

Newsletter

Top