Hot News
संविधान संशोधन प्रयास असफल ; आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै चरणमा हुने ; अब ट्याक्सीमा बिल प्रिन्टिङ सिस्टम लागु हुने ; हामीलाई दोषी देखाउन संशोधन प्रस्ताव ल्याइयो। ; पत्रकार महासङ्घको नेतृत्व चयन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने
Home > News > Political

नेपाली कांग्रेसका यी हुन १० जना मन्त्रीहरू

Wednesday, 07.26.2017, 01:06pm (GMT+6.5)    | Comment | Print | Tell friend

११ श्रावण २०७४

काठमाडाै

नेपाली कांग्रेसका तर्फबाट १० जना मन्त्री हुने भएका छन्। कांग्रेस स्रोतका अनुसार सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका ४/४ जना मन्त्री हुने भएका छन् भने नेताहरु कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का समूहबाट १/१ जना मन्त्री हुन लागेका छन्।

देउवा पक्षबाट समानुपातिक सांसदहरु अम्बिका बिष्ट र मीन विश्वकर्मा तथा प्रत्यक्ष निर्वाचित बीरबहादुर बलायर (डोटी) र अर्जुन जोशी  (पर्वत)को मन्त्री हुने भएका हुन्। जोशीको नामबारे भने अन्तिम निर्णय हुने बाँकि रहेकाे स्रोतले बतायो। त्यस्तै पौडेल पक्षबाट यज्ञबहादुर थापा (कास्की), सन्जय गौतम (बर्दिया), राजन केसी (काठमाडौं) र रामकृष्ण यादव (धनुषा) को नाम टुंगो लागेको छ। नेता कृष्ण सिटौलाको समूहबाट काठमाडौं६ का सांसद भीमसेनदास  प्रधान र खुमबहादुर खड्का समूहबाट सिन्धुपाल्चोकका सांसद मोहन बस्नेत मन्त्री हुने टुंगो लागेको हो। सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ वटा मन्त्रालय लिने सहमति सत्ता साझेदार दलहरुबीच भएको छ। कांग्रेसबाट उपप्रधानसहित शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री फर्मुल्लाह मन्सुर भइसकेका छन्। 

नेपाली कांग्रेसले हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सहित अर्थ, श्रम तथा रोजगार, शिक्षा मन्त्रालयको सम्हालिरहेको छ। अब उसले थप भौतिक पूर्वाधार, सञ्चार, सिँचाई, रक्षा, गरिबी निवारण तथा सहकारी, खेलकुद कानुन, कृषि, वाणिज्य र खानेपानि तथा सरसफाई मन्त्रालय पाउनेछ। कांग्रेस र माओवादीबीच साउन ४ गते भएको सहमति अनुसार, कुल ३० मन्त्रालयमा कांग्रेसको भागमा १३, माओवादीको भागमा ९ र फोरम लोकतान्त्रिकलाई ३ र नेकपा संयुक्तलाई एक मन्त्रालय बाँडिएको छ भन् बाँकी चार मन्त्रालय राप्रपा र साना दलका लागि छुट्ट्याइएको छ।


बगैचा डटकम

Hot News

 

SEARCH

Newsletter

Top