Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > Political

माओवादी केन्द्रले टुंगो लगायो मन्त्रीहरू

Wednesday, 07.26.2017, 12:47pm (GMT+6.5)    | Comment | Print | Tell friend

११ श्रावण २०७४

काठमाडाैँ

शेरबहादुर देउवा सरकारमा माओवादी केन्द्रले सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालयको बैठकले ६ मन्त्री र ३ राज्यमन्त्रीको टुंगो लगाएको हाे । माओवादीबाट यसअघि नै उपप्रधान तथा परराष्ट्रमन्त्रीमा कृष्णबहादुर महरासहित जनार्दन शर्मा गृह र प्रभू साह सहरी विकास मन्त्री भइसकेका छन् । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले शिवकुमार मण्डल (आपूर्ति) गिरीराजमणि पोखरेल (स्वास्थ्य), आशा खनाल, (कृषि वा बालबालिकामध्ये एक) सन्तकुमार चौधरी(पशुपन्क्षी), टेकबहादुर बस्नेत(सामान्य प्रशासन)  र महेन्द्र बहादुर शाही (ऊर्जा) को नाम बैठकले टुंगो लगाएको जानकारी दिइन् ।  उनले शम्भु श्रेष्ठ, छमबहादुर गुरुङ, श्याम श्रेष्ठ, जाकिर हुसेन र रामसिंह यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको पनि जानकारी दिइन् । माओवादीबाट हुन लागेका मन्त्री र राज्यमन्त्रीहरुमध्ये गिरिराजमणि पोखरेलबाहेक सबै नयाँ अनुहार हुन् । उता कांग्रेसमा भने हालसम्म सहभागी हुने मन्त्रीको टुंगो लगाएकाे छ ।


बगैचा डटकम

Hot News

 

SEARCH

Newsletter

Top