Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > Political

प्रदेश र संघको निर्वाचन मिति छिट्टै घोषणा हुन्छ : प्रधानमन्त्री देउवा

Friday, 07.21.2017, 02:22pm (GMT+6.5)    | Comment | Print | Tell friend

६ श्रावण २०७४
काठमाडौ 
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन अपरिहार्य रहेको बताउँदै प्रदेश र संघको निर्वाचन मिति छिट्टै घोषणा हुने बताएका छन् । काठमाडौंमा शुक्रबार बीपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा उनले संविधानले निर्धारण गरेको समय सीमाभित्रै सबै निर्वाचन सम्पन्न गर्नुपर्ने बताए । स्थानीय तहका दुई चरणका निर्वाचन सम्पन्न भइसकेको र तेस्रो चरणको निर्वाचन आगामी असोज २ गते तोकिएको जानकारी गराउँदै प्रधानमन्त्री देउवाले भने – 'प्रदेश र सङ्घको निर्वाचनको तयारीका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग हिजोमात्र गठन भइसकेको छ ।' 


बगैँचा सम्वाददाता

Hot News

 

SEARCH

Newsletter

Top