Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > Political

१६८ स्थानीय तहमा मतगणना सुरु

Thursday, 06.29.2017, 11:46am (GMT+6.5)    | Comment | Print | Tell friend

 

  १५ असार, काठमाडौं ।

         दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहमध्ये १६८ मा मतगणना सुरु भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश नं. १ का १ सय ३७ स्थानीय तहमध्ये १ सय ८, प्रदेश नं. ५ का १ सय ९ स्थानीय तहमध्ये ३४ र प्रदेश नं. ७ का ८८ स्थानीय तहमध्ये २६ स्थानीय तहमा मतगणना भइरहेको छ । ३३४ स्थानीय तहमा बुधबार मतदान भएको थियो । निर्वाचनमा ७३.६९ प्रतिशत मत खसेको छ । आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार, प्रदेश नं. १ मा ७२.४९ प्रतिशत, प्रदेश नं. ५ मा ७५.३४ प्रतिशत र प्रदेश नं. ७ मा ७३.०५ प्रतिशत मतदान भएको छ ।


R K

Hot News

 

SEARCH

Newsletter

Top