Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Political

चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र

Wednesday, 06.21.2017, 01:29pm (GMT+6.5)    | Comment | Print | Tell friend

७ असार २०७४

काठमाडाै

उम्मेदवारहरुलाई निर्वाचन आयोगले दोस्रो चरणमा हुने निर्वाचनका लागि हिजो चुनाव चिन्ह प्रदान गरेसंगै १, ५ र ७ नम्बर प्रदेशका ३ सय ३४ स्थानीय तहमा दल तथा स्वतन्त्र उम्मेदवारहरुले चुनावी प्रचार प्रसार तीब्र पारेका छन् । निर्वाचन आउन एक साता बाँकी रहँदा दलका नेता कार्यकर्ता घरघर पुग्ने क्रम तीब्र बनेको हो । आयोगले निर्वाचन सुरु हुन ४८ घण्टा अघिसम्म अर्थात आगामी ११ गतेसम्म उम्मेदवारलाई चुनावी प्रचारप्रसार गर्न पाउन छन् । यसैबीच निर्वाचन आयोगले आचारसंहिता विपरित निर्वाचन प्रचार प्रसार नगर्न दल तथा उम्मेदवारलाई आग्रह गरेको छ । निर्वाचनका लागि आचारसंहिता विपरितका क्रियाकलाप भइरहेको तथा चुनाव प्रचार प्रसारमा बालबालिका प्रयोग भएको समाचार आईरहेका बेला आयोगले दल तथा उम्मेदवारहरुलाई आचारसंहिता विपरितका गतिविधि नगर्न सचेत गराएको हो । आयोगले दल तथा उम्मेदवारबाट निर्वाचन आचारसंहिता पालना भए नभएको अनुगमनका लागि अनुगमन टोली समेत परिचालन गरेको जनाएको छ । उम्मेदवारले निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरे कानुन बमोजिम कारबाही गरिने आयोगले स्पष्ट पारेको छ ।   


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top