कविलवस्तुमा बम विस्फोटमा ९ जना घाइते, पुर्व सुचना तथा सञ्चार राज्य मन्त्री सहित दुई दर्जन नेता क

Sunday, 06.18.2017, 04:07pm (GMT6.5)

४ असार २०७४

कविलवस्तु

कविलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडामा बम विस्फोटमा ९ जना घाइते भएका छन् । बम विस्फोट विप्लव समूहले गराएको आशंका गरिएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ता गर्न गइरहेको बेलामा विस्फोट भएको हो । विस्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता छन् । घाइतेहरुलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरीले जानकारी दिएक छ । उनीहरु मध्ये चार जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा विजय थारु, साहबुद्दिन मनिहार र शेषराम गुप्ता र लालबहादुर थारु रहेको प्रहरीले जनाएको छ । विस्फोट बाणगंगा नगरपालिकाको कार्यालय नजिकै भएको हो । प्रहरीका अनुसार एक व्यक्ति थोत्रो साइकलमा रातो कपडाले बेरिएको केही बस्तुसहित आएका थिए । मननोयन दर्ता स्थलबाट करिव ३० मिटर पर साइकल रोकेर उनी हिडे । त्यसको केही सेकेण्डमा नै विस्फोट भएको थियो । उता जनकपुरधामा  निर्वाचन आयोगले आजको लागि तय गरेको मनोनयन दर्ताको विरोधमा बन्द आह्वान गरेका राजपाका कार्यकर्ताले जनकपुरमा प्रदर्शन क्रममा  पुर्व सुचना तथा सञ्चार राज्य मन्त्री सरिता साह, राजपा धनुषा संयोजक प्रमेश्वर साह सहित दुई दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् । धरपकडका क्रममा दुई जना विभा ठाकुर र सरिता शर्मा बेहोस समेत भएका थिए भने उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । प्रयसैबीच प्रदर्शनकारीले जनकपुर उप महानगरपालिकाको ल्याण्ड कृजर गाडीमा तोडफोड गर्नुका साथै  ब्यानर समेत च्यातेका छ्न । अहिले पनि जनकपुरको अवस्था तनावग्रस्त छ ।

बगैचा सम्बाददाता

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.