Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > Political

चुनाव सार्ने सरकारको प्रस्ताव निर्वाचन आयोगद्वारा अस्वीकार

Thursday, 06.15.2017, 01:32pm (GMT+6.5)    | Comment | Print | Tell friend

असार १, २०७४

काठमाडाै

सार १४ गतेका लागि निर्धारित दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति सार्न निर्वाचन आयोगले अस्वीकार गरेको छ। राजपासँग बैठक गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवासहितका सत्तारुढ दलका नेताहरुले आयोगसँग तराईका केही जिल्लामा निर्वाचन सार्नेबारे छलफल गरेका थिए । यसअघि पटक पटक मिति सारिसकिएको भन्दै आयोग पदाधिकारीले अब पनि सार्दै गए संघ र प्रदेशको निर्वाचन समेत प्रभावित हुन सक्ने बताएका थिए । प्रधानमन्त्री शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री जनार्दन शर्मा तथा आयोग पदाधिकारीबीच भएको बैठकमा राजपालाइ निर्वाचनमा ल्याउने उपायबारे छलफल भएको थियो । राजपा निर्वाचनमा आउने अबस्थामा केहि स्थानमा अर्को चरणमा निर्वाचन गर्न सकिने भन्दै सत्तासाझेदार दलले आज त्यसवारे आयोग पदाधिकारीसंग छलफल गरेका हुन । प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले असार १४ गते निर्वाचनका लागी सम्पुर्ण तयारी सकिएको भन्दै गृहमन्त्रालयले पनि सुरक्षा अवस्था मिलाउने आश्वासन दिएकाले भोलीबाट निर्वाचन प्रक्रिया अघि बढने बताउनुभएको थियो । प्रमुख आयुक्त यादवले पछि पनि सहज वातावरण सृजना हुने ग्यारेन्टी नभएको भन्दै निर्वाचन नसार्न सुझाव दिनुभएको बैठकमा सहभागी आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।  


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top