Hot News
अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय
Home > News > Political

राजपासँग भएन सहमति भोलि पुन बैठक बस्ने

Wednesday, 06.14.2017, 10:53pm (GMT+6.5)    | Comment | Print | Tell friend

३१ जेष्ठ २०७४
काठमाडौ 
आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई असार १४ का लागि निर्धारित स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागिता गराउने प्रमुख तीन दलको प्रयास आज पनि असफल भएका छन् । सिंहदरबार बसेको राजपासहित पाँच दलको बैठकमा संविधान संशोधन र स्थानीय तहको संख्या बृद्धि गर्ने सहमति नहुँदासम्म कुनै चुनावमा सहभागी नहुने अडान राजपा नेताहरुले नछोडेपछि बिहीबार पुन: बैठक बस्ने भएका छन् । बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरम, प्रमुख प्रतिपक्षी नेकपा एमालेका शीर्ष नेताहरु सहभागी थिए। राजपाबाट महन्थ ठाकुर, महेन्द्र राय यादव लगायतका नेता सहभागी थिए।बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार राजपा नेताहरुले असार १४ को चुनावमा आफूहरु आउन नसक्ने बताए थिए। उनीहरुले आफूहरु चुनावमा आउनका लागि संविधान संशोधन र तराई मधेसमा स्थानीय तह थप्नु पर्ने माग दोहोर्याएका थिए।आजको बैठकले निष्कर्ष निकाल्न नसकेपछि भोलि बिहान फेरि बैठक बस्ने गरी आजको बैठक टुंगिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए। 


बगैँचा सम्वाददाता

Hot News

 

SEARCH

Newsletter

Top