Hot News
अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय
Home > News > Political

५५ मतदान अधिकृतहरु राजपाको नियन्त्रणमा, प्रहरी र राजपाबीच झडप

Wednesday, 06.14.2017, 12:22pm (GMT+6.5)    | Comment | Print | Tell friend

३१ जेष्ठ २०७४
सप्तरी
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकताहरुले सप्तरीमा खटिएका करिब ५५ जना मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएको छ । आगामी असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा मतदान अधिकृत र सहाकयक मतदान अधिकृतहरुलाई बुधबार बिहान ११ बजे निर्वाचनसम्बन्धी तालिम राखेको छ । बिहान १० बजेअघि नै तालिमस्थल पुगेका राजपा कार्यकर्ताहरुले प्रवेशद्वारमै सहायक मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएका छन् । संरविधान संशोधन, जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या निर्धारण, मधेस आन्दोलनका क्रममा मारिएकाहरुलाई सहिद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार व्यवस्था सरकारले नगरेको भन्दै राजपा निर्वाचन विरोधी आन्दोलनमा छ । स्थानीय प्रशासनले बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । उता गौरको सिसुवाचोकमा प्रहरी र बन्द आह्वानकर्ता राजपाबीच झडप भएको छ । झडपमा एक प्रहरी जवान घाइते भएका छन् भने राजपाका तीन कार्यकर्ता पक्राउ परेका छन् । झडपका कारण सिसुवाचोकको अवस्था तनावग्रस्त भएको छ । मोर्चाका कार्यकर्ताहरुले प्रहरी सवार भारतीय नम्बरको गाडी तोडफोड गर्दा झडप भएको हो । झडपमा घाइते प्रहरी जवानको एउटा हात भाँचिएको छ । मोर्चाका तीन जना कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ । पक्राउ पर्नेहरुमा रामेश्वर यादव, कमलेश सिन्हा र बच्चा यादव रहेका छन् ।


बगैँचा सम्वाददाता

Hot News

 

SEARCH

Newsletter

Top