Hot News
क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित
Home > News > Political

सरकार-राजपा सिंहदरबारमा वार्ता जारी, सहमतिको ‘अन्तिम’ प्रयास गरिँदै

Sunday, 06.11.2017, 12:28pm (GMT+6.5)    | Comment | Print | Tell friend

२८ जेठ २०७४

काठमाडाै

आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)लाई चुनावमा सहभागिता गराउने प्रयास स्वरूप सरकारले आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालबीच अहिले वार्ता गरिरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी वार्तामा सत्तारुढ कांग्रेस, माओवादी, नेपाल लोकतान्त्रिकका साथै राजपाका शीर्ष नेताहरु सहभागी छन्। यसअघि शनिबार भएको वार्तामा राजपाले असार १४ को चुनाव सार्न माग गरेको थियो। तर, सत्तारुढ दलहरुले अस्वीकार गरेका थिए। हिजोको बैठकमा चुनावपछि संविधान संशोधनको अधिकतम् प्रयास गर्न आफूहरू प्रतिवद्ध रहेको दोहोर्याउँदै प्रधानमन्त्री देउवाले सबैले चुनावमा भाग लिनु पर्नेमा जोड दिएका थिए। जवाफमा उपस्थित सबै मधेसी नेताले यथास्थितिमा चुनावमा भाग लिन सक्ने अवस्थामा आफूहरू नरहेको बताएका थिए। अहिले नै संविधान संशोधन गर्न नसक्ने हो भने मधेसमा पर्ने २ र ५ नम्बर प्रदेशको चुनाव तत्काललाई रोक्नु पर्ने राजपा नेताहरूले प्रस्ताव गरेका थिए।जवाफमा देउवाले सारा मुलुकले आफूहरूलाई चुनाव समयमा सम्पन्न गर्न सक्छन् कि सक्दैनन् भनेर हेरिरहेको भन्दै चुनाव सार्न नसकिने बताएका थिए।

दोस्रो चरणको चुनावका लागि उमेद्वारले मनोनयन गर्ने मिति निर्वाचन आयोगले असार २ गतेलाई तय गरेको छ। २ गते अघि नै मधेसमा बन्दसहितको सशक्त कार्यक्रम गरेर काठमाडौंलाई दवाब दिने रणनीतितर्फ राजपा अघि बढेको छ। सबै राष्ट्रिय दलसहित उपेन्द्र यादव र विजयकुमार गच्छदारले नेतृत्व गरेका दुवै फोरम चुनावमा जाने देखिएपछि राजपा दवाबमा छ। राजपाका नेताहरुले आजको वार्ता निर्णायक हुने बताएका छन्। यदि आज सहमति नजुटे दिउँसो बैठक बसेर आन्दोलन घोषणा गर्ने उनीहरुको तयारी छ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top