Hot News
अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय
Home > News > Political

चुनाव सार्न असम्भव वार्ता निष्कर्षविहिन, भोलि बिहान छलफल

Saturday, 06.10.2017, 08:28pm (GMT+6.5)    | Comment | Print | Tell friend

२७ जेष्ठ २०७४
काठमाडौ

सत्तारुढ र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्ववानमा शनिबार सिंहदरबारमा बसेको तीन दलको बैठकमा असार १४ गतेको चुनाव सार्नुपर्ने राजपाको माग र सार्न नसकिने सत्ता गठबन्धनको अडानका कारण बैठक निष्कर्षविहीन भएको हो । मधेसी नेताहरुले आफ्ना ३ बुँदे माग कार्यान्वयन गर्न र चुनावको मिति सार्न प्रस्ताव गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवासहितको वार्तामा कांग्रेस, माओवादी केन्द्रका नेताहरुले अब चुनाव कुनै पनि हालतमा सार्न सम्भव नभएको राजपा नेताहरुसँग बताएका छन् । बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘राजपा नेताहरुले फेरि चुनाव सारेर छलफल गर्यौं  भनेमात्रै चुनावमा आउनसक्ने वातावरण बन्छ कि भन्ने कुरा गर्नुभयो, त्यो सम्भव छैन भनेर सरकार र अरु पार्टीहरुको तर्फबाट प्रस्ट पार्यौंर ।’उनका अनुसार प्राविधिक अरु समस्या छन् भने निर्वाचन आयोगसँग परामर्श गरेर समाधान गर्न तयार गरेको पनि सत्तारुढ दलहरुले बताएका छन् । नेता श्रेष्ठले अझै वार्ता भंग भइनसकेको भन्दै भरे, भोलि बिहान पनि छलफल हुने बताए ।  कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राजपाले यथास्थितिमा चुनावमा सहभागी हुन नसक्ने बताइरहेकोले अझै वार्ता, संवाद जारी राखिने बताए । राजपालाई सहभागी गराउन भन्दै सरकारले वैशाख ३१ को निर्वाचनलाई दुई चरणमा गर्ने निर्णय गरेको थियो । जेठ ३१ को निर्वाचन पनि सार्न आग्रह गरेपछि असार १४ गतेलाई पुर्याेइएको थियो । 
राजपाले संविधान संशोधन, आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्तिलगायत माग पूरा गरिसकेपछि मात्रै चुनावमा भाग लिने अडान लिइरहेको छ । यद्यपि संघीय समाजवादी फोरम भने पहिलो चरणको निर्वाचनदेखि नै सहभागी हुँदै आएको छ ।
आगामी असार १४ हुने दोस्रो चरणको स्थानीय तह निर्वाचन सार्न राष्ट्रिय जनता पार्टी नेपालले गरेको माग सत्तारुढ दलले अस्वीकार गरेका छन् ।


बगैँचा सम्वाददाता

Hot News

 

SEARCH

Newsletter

Top