Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > Political

माओवादीबाट परराष्ट्र महरा, गृह जनार्दन शर्मा र प्रभू साह बिनाविभागीय

Wednesday, 06.07.2017, 01:52pm (GMT+6.5)    | Comment | Print | Tell friend

२४ जेष्ठ २०७४

काठमाडाै

नेकपा माओवादी केन्द्र कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा जाने भएको छ। केन्द्रको आज बिहान बसेको बैठकले महरा, जनार्दन शर्मा र प्रभु साहलाई सरकारमा पठाउने निर्णय गरेको हो। माओवादी केन्द्रीय कार्यालय बैठकले महरालाई उपप्रधान र परराष्ट्र, जनार्दन शर्मालाई गृह र प्रभू साहलाई बिनाविभागीय मन्त्रीमा पठाउने निर्णय गरेको । यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा महरा उपप्रधान तथा अर्थमन्त्री थिए भने शर्माले उर्जामन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।  नयाँ प्रधानमन्त्री र मन्त्रीले बुधबार दिउँसो २ बजे राष्ट्रपति भवन शितल निवासमा शपथग्रहण गर्नेछन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा म‌ंगलबार संसद्‌मा ३ सय ८८ मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित भएपछि नयाँ मन्त्रीमण्डल गठन हुन लागेको हो ।    


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top