Hot News
यस वर्षको 'राष्ट्रिय स्रष्टा सम्मान २०७३’ बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ ; हङकङमा निशुल्क स्वस्थ शिबिर मार्फत नेपालका बाढी पिडितलाई सहयोग जुटाउने ; नयाँ शक्ति ध्रुवीकरणमा देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ ; क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण
Home > News > Political

प्रधानमन्त्री निर्वाचन प्रभावित, संसदको बैठक दिउँसो ३ बजे सर्यो

Sunday, 06.04.2017, 12:50pm (GMT+6.5)    | Comment | Print | Tell friend

२१ जेठ २०७४

 काठमाडौं

व्यवस्थापिका संसदको बैठक दिउँसो ३ बजेलाई सरेको छ । प्रमुख विपक्षी दल नेकपा एमालेले संसदको अवरोध कायमै राख्ने भएपछि सूचना टाँसेर बैठक सारिएको हो । ३ बजेको बैठक अघि शीर्ष नेताहरुको बैठक बोलाइएको छ । भरतपुर महानगरपालिका१९ मा पुन: मतदान गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रमुख विपक्षी एमालेले संसद अबरोध गर्ने भएपछि प्रधानमन्त्री निर्वाचन कार्यतालिका नै प्रभावित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।  संसदको आजको बैठकमा प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यसूचि छ । प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top