Hot News
महावीर पुनले आफूले पाएका राष्ट्रिय–अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेर नौलो तरंग ल्याए ; काठमाडौं महानगरमा मेयर एमाले र उपमेयरमा कांग्रेस भारी मतान्तरले विजयी ; प्रधानमन्त्रीद्वारा फास्ट ट्र्याक शिलान्यास ; मनिताको हङकङमा उत्साहजनक प्रदर्शन ; राजपाको निष्कर्ष आन्दोलनमा जाने
Home > News > Political

सरकारलाई एमालेको प्रश्न- राष्ट्रसंघले पठाएको पत्र कसले लुकायो ?

Thursday, 05.18.2017, 12:03pm (GMT+6.5)    | Comment | Print | Tell friend

४ जेठ, काठमाडौं ।

      प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नलिई संसद अधिवेशन अन्त्य गर्ने सत्तापक्षको तयारीप्रति आपत्ति जनाएको छ । महाअभियोग फिर्ता नलिएसम्म संसदमा एमालेको विरोध कामयै रहने समेत उसले प्रष्ट पारेको छ । सरकारले आजै संसद अधिवेशन अन्त गर्ने तयारी गरेको छ । तर, महाअभियोग फिर्ता लिने सम्भावना छैन । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाअभियोग प्रस्ताव फिर्ता नलिई संसद अधिवेशन अन्त गर्नु गैरजिम्मेवारीपूर्ण हुने बताए ।

   नेम्वाङले अनलाइनखबरसँग भने- संसदलाई अहिलेसम्म कुनै बिजनेश दिइएन । यत्रो समय संसदलाई कामविहीन बनाएर अहिले महाअभियोग प्रस्ताव त्यतिकै राखेर अधिवेशन अन्त गर्ने कुरा गैरजिम्मेवारीपूर्ण हो ।संसदमा स्थानीय तह र प्रदेश तथा संघीय संसदको निर्वाचनसम्बन्धी धेरै विधेयकहरु आउनुपर्ने अहिलेसम्म नआएको नेम्वाङले बताए ।

यसैबीच एमालेले नेपाल सरकारलाई संयुक्त राष्ट्रसंघले पठाएको पत्र लुकाइएको भन्दै संसदलाई जानकारी दिन माग गरेको छ । प्रधानन्यायाधीश विरुद्धको महाअभियोग केही नेताको व्यक्तिगत स्वार्थमा अवरोध भएका कारण ल्याइएको भन्दै राष्ट्रसंघले निन्दा गरेर फिर्ता लिन सरकारलाई पत्र पठाएको एमाले नेताको दाबी छ ।

    एमालेले राष्ट्रसंघको पत्र लुकाइएको भन्दै तत्काल संसदलाई जानकारी दिन माग गरेको छ । नेम्वाङले भने- राष्ट्रसंघले पठाएको पत्र किन लुकाइयो ? परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीलाई नदिएको हो कि, प्रधानमन्त्रीले पाएर लुकाएको हो ? यो कुरा संसदमा उठाउँछौं । यसैवीच सरकारले संसदको अधिवेशन स्थगित गरेर केही दिनपछि बजेट अधिवशेन सुरु गर्ने तयारी गरेको छ ।


Rajan

Hot News

 

SEARCH

Newsletter

Top