Hot News
मेयर, उपमेयरको सुविधा कति ? ; महावीर पुनले आफूले पाएका राष्ट्रिय–अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेर नौलो तरंग ल्याए ; काठमाडौं महानगरमा मेयर एमाले र उपमेयरमा कांग्रेस भारी मतान्तरले विजयी ; प्रधानमन्त्रीद्वारा फास्ट ट्र्याक शिलान्यास ; मनिताको हङकङमा उत्साहजनक प्रदर्शन
Home > News > Political

नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी हुने

Monday, 05.08.2017, 03:20pm (GMT+6.5)    | Comment | Print | Tell friend

२५ वैशाख २०७४ 
काठमाडौ
विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पहिलो चरणको स्थानीय तहको निर्वाचन अगावै सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा आज भोलीमै सरकारमा सहभागी हुने भएको छ । नेपाल लोकतान्त्रिक फोरम मुख्य सचेतक योगेन्द्र चौधरीका अनुसार मागहरू प्याकेजमा सहमति हुनासाथ सरकारमा सहभागी हुने छ । पार्टीले कैलालीको टीकापुरमा भएको घटनामा पक्राउ परेकालाई अविलम्ब रिहाई गर्नुपर्ने, संविधान संशोधन, दोश्रो चरणको निर्वाचनको सुनिश्चितता लगायतका विषय अघि सारेको छ । मागबारे प्रधानमन्त्री सकारात्मक भएकाले आज भोलीमै सरकारमा सहभागी हुने संभावना रहेको सो पार्टीका नेताले बताएका छन् ।  जेठको पहिलो साता सरकारको नेतृत्व कांग्रेसलाई सुम्पिने तयारी गर्नु भएका प्रधानमन्त्री दाहाल मन्त्रीपरिषद बिस्तारमा भने सक्रियताका साथ लाग्नुभएको छ ।


बगैँचा सम्वाददाता

Hot News

 

SEARCH

Newsletter

Top