Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Political

राजिनामा फिर्ता लिए उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले

Thursday, 05.04.2017, 07:49pm (GMT+6.5)    | Comment | Print | Tell friend

२१ वैशाख २०७४   
काठमाडौ
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले राजिनामा फिर्ता लिएका छन् । मधेसीको माग पूरा गरी घोषित स्थानीय तहको निर्वाचन सफल बनाउन आफुले राजिनामा फिर्ता लिएको बताएका छन् । उनले संविधान संशोधन गरी कार्यान्यवयनमा सघाउन पुर्याकउन प्रधानमन्त्री पुष्पकमल दाहाल तथा कंग्रेस सभापति शेरबहादुर देउवाले आग्रह गरेपछि राजिनामा फिर्ता लिएको उनको भनार्इ छ ।  जानकी नवमीमा सहभागी हुन आज जनकपुर पुगेका गृहमन्त्री निधीले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्रान्त्रिक संविधान कार्यान्वयन भन्दा ठुलो कार्यभार अरु कुनै हुन सक्दैन । यस दायित्वलाई निर्वाह गर्न मैले राजिनामा फिर्ता लिएको हुँ  ।’ प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोगबारे भने असन्तुष्टी कायमै रहेको उहाँको भनाई थियो । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि गत आईतबार संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि असन्तुष्टी जनाउँदै गृहमन्त्री निधीले सोही दिन राजिनामा दिएपनि स्वीकृत भने भएको थिएन । गृहमन्त्री निधीले राजिनामा फिर्ता लिँदै आजै काममा फर्कनुभएको छ । 


बगैँचा सम्वाददाता

Hot News

 

SEARCH

Newsletter

Top