Hot News
मेयर, उपमेयरको सुविधा कति ? ; महावीर पुनले आफूले पाएका राष्ट्रिय–अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेर नौलो तरंग ल्याए ; काठमाडौं महानगरमा मेयर एमाले र उपमेयरमा कांग्रेस भारी मतान्तरले विजयी ; प्रधानमन्त्रीद्वारा फास्ट ट्र्याक शिलान्यास ; मनिताको हङकङमा उत्साहजनक प्रदर्शन
Home > News > Political

मध्यरातमा दर्ता भयो संशोधन विधेयक संशोधन

Sunday, 04.30.2017, 10:15am (GMT+6.5)    | Comment | Print | Tell friend

१७ वैशाख  २०७४
काडमाडौ 
संविधान दोस्रो संशोधन विधेयकमाथि परिमार्जनको प्रस्ताव दर्ता गराएको छ । संविधान संशोधन विधेयकमाथि सांसदहरूले संशोधन राख्न पाउने समयसीमाको अन्तिम घडी शनिबार राति साढे १० बजे सत्तारूढ कांग्रेस, माओवादी, राप्रपाका प्रमुख सचेतकहरूले दर्ता गराएको संशोधनमा मधेसी दलहरूका तर्फबाट लक्ष्मणलाल कर्ण र जंगीलाल रायले हस्ताक्षर गरेका छन् । सत्तापक्षले सरकार र मधेस केन्द्रित दलहरूबीचको पूर्वसहमतिअनुसार नै प्रस्ताव दर्ता गराएका हुन ।
उनीहरूले प्रदेशको सीमांकन परिवर्तनका लागि प्रदेशको भूमिका परामर्शदातृ मात्रै हुने गरी संघीय संसद्को दुई तिहाइले प्रदेशको संख्या र सीमा परिवर्तनको संवैधानिक व्यवस्था प्रस्ताव गरेका हुन् । यसअघि सरकारले प्रदेशको सीमांकन हेरफेरका लागि बहुसंख्यक प्रदेशको सहमति आवश्यक पर्ने संवैधानिक व्यवस्थामा (धारा २७४) परिवर्तन गरी सम्बन्धित प्रदेशको मात्रै सहमति भए हुने, प्रदेशसभा गठन नहुँदासम्म संघीय संसद्ले नै सिमाना हेरफेर गर्न सक्ने गरी संशोधन विधेयक ल्याएको थियो । 
विधेयकमाथि परेका ५० वटा संशोधन र संविधान संशोधनका लागि आवश्यक दुई तिहाइको अनिश्चितताका कारण सरकारले आइतबारै निर्णयार्थ पेस गर्ने रणनीति परिवर्तनको संकेत गरेको छ । संसदको नियमावलीअनुसार संविधान संशोधन विधेयकमाथिको दफावार छलफलका लागि विशेष समिति बनाउने अधिकार सभामुखलाई छ । 


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top