Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > Political

स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति

Saturday, 04.22.2017, 09:38pm (GMT+6.5)    | Comment | Print | Tell friend


९ बैशाख २०७४
काठमाडौं 

सरकार र मधेसी मोर्चाबीच स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति भएको छ । सरकार र मधेसी मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिर्माजनमा सहमति जुटाएका हुन । तर, सरकार र मधेसी मोर्चाका बीचमा लिखित सहमति भने भएको छैन । सत्तारुढ दल र मधेसी मोर्चाबीच शनिबार बालुवाटारमा भएको लामो वार्ता पछि संशोधन विधेयकमा गर्ने परिर्माजनमा सहमति जुटाएको छ । यसबारे भोलि मन्त्रिपरिषद्ले निर्णय लिनेछ । दोस्रो निर्वाचनका बारेमा ‘निर्वाचन आयोगसँग परामर्श गरेर मिति तय हुन्छ’ कांग्रेस नेता सिटौलाले भने । शुक्रबार भएको वार्तामा सरकार संविधान संशोधन विधेयकमा परिर्माजन गर्दै आफ्ना माग सम्बोधन गर्न तयार भएपछि मधेसी मोर्चाले स्थानीय सहभागी हुने बताएको थियो । साथै संशोधन विधेयकमा गरिने परिर्माजनबारे गृहकार्य गर्न कार्यदल गठन गरेको थियो ।


बगैँचा सम्वाददाता

Hot News

 

SEARCH

Newsletter

Top