Hot News
सङ्गीतकार दिव्य खालिङको ११ औं स्मृति कार्यक्रम ; ओखलढुंगा एकता सेवा समाज मलेशियाको दोस्रो अधिवेशन सम्पन्न ; साढे ५ वर्षपछि चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने भारतबाट पक्राउ ; फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु
Home > News > Political

प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव

Wednesday, 04.19.2017, 01:00pm (GMT+6.5)    | Comment | Print | Tell friend

६ बैशाख २०७४

काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल र पाँच दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ। पाँच दलका शीर्ष नेताहरुबीच निर्वाचनको विषयमा छलफल भइरहेको छ ।  बैठकमा प्रधानमन्त्री दाहालले मधेसी मोर्चा निर्वाचनमा आउँछ भने दुई चरणमा चुनाब गर्ने कि नगर्ने भन्ने विषयबारे पाँच दलका नेताहरुसँग छलफल गरेका छन्। उनले मोर्चालाई चुनाबमा ल्याउन कस्तो प्रयास गर्दा ठिक हुन्छ भन्नेबारे पनि शीर्ष नेताहरुसँग छलफल गरेका छन्। बैठकबाट बाहिर निस्किएका कांग्रेस नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले वैशाघ ३१ को निर्वाचनमा मधेसी मोर्चालाई कसरी सहभागी गराउने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनु भयो ।

बैठकबाट बाहिर निस्किएका कांग्रेस नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले वैशाघ ३१ को निर्वाचनमा मधेसी मोर्चालाई कसरी सहभागी गराउने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस नेता एवं गृहमन्त्री निधि, एमाले उपाध्यक्ष बामदेव गौतम, एमाले संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सहभागी छन्।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top