Hot News
संविधान संशोधन प्रयास असफल ; आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै चरणमा हुने ; अब ट्याक्सीमा बिल प्रिन्टिङ सिस्टम लागु हुने ; हामीलाई दोषी देखाउन संशोधन प्रस्ताव ल्याइयो। ; पत्रकार महासङ्घको नेतृत्व चयन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने
Home > News > Political

सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच दूरी बढेको छ

Friday, 04.07.2017, 12:49pm (GMT+6.5)    | Comment | Print | Tell friend

चैत्र २५, २०७३-

    प्रहरी महानिरीक्षक नियुक्ति विवादलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच दूरी बढेको छ । निधिले सर्वोच्चको फैसलाअनुसार वरिष्ठताका आधारमा महानिरीक्षक नियुक्ति गर्नुपर्ने अडान राखेपछि देउवा उनीसँग आक्रोशित भएका हुन् । स्थानीय तहको निर्वाचन र प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा निधिले बिहीबार पार्टीका तर्फबाट प्रतिनिधित्व गरेका कांग्रेस मन्त्रीहरूलाई बोलाएर छलफल गरेका थिए । निधिको छलफलप्रति सभापति देउवा असन्तुष्ट बनेको स्रोतले बतायो । छलफलमा अधिकांश मन्त्रीले स्वतन्त्र न्यायपालिकाको पक्षपाती पार्टीले सर्वोच्च अदालतको निर्णयविरुद्ध जान नमिल्ने भन्दै वरिष्ठताका आधारमा महानिरीक्षक नियुक्ति गर्नुपर्ने सुझाव दिएको एक मन्त्रीले बताए । उपप्रधान तथा गृहमन्त्री पनि सर्वोच्चको मानहानि हुने गरी प्रहरी महानिरीक्षक नियुक्ति गर्न नहुने अडानमा रहेको देखियो,’ ती मन्त्रीले भने, ‘अरू मन्त्रीहरूको सुझाव पनि त्यस्तै थियो ।

      निधि सुरुदेखि नै वरिष्ठताका आधारमा महानिरीक्षक नियुक्त गर्ने अडानमा थिए । तर आफ्नै पार्टी सभापति देउवाको चेपुवामा परेर उनले जयबहादुर चन्दलाई बनाउने निर्णय लिएका थिए । त्यही बेलादेखि देउवा र निधिको सम्बन्ध धमिलिएको थियो ।  सर्वोच्चले चन्दलाई महानिरीक्षक बनाउने सरकारको निर्णय खारेज गर्दै वरिष्ठताका आधारमा नियुक्ति गर्न सरकारका नाममा निर्णय दिएको थियो । अदालतको उक्त निर्णयप्रति कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले समेत कार्यकारणी अधिकारमाथि अदालतको हस्पक्षेप भएकोनिर्णय लिएको थियो । उक्त निर्णय सभापति देउवाकै आग्रहमा आएको थियो । त्यतिबैलै निधिलगायत नेताहरू अदालतको फैसलाविरुद्ध जान नहुने भन्दै त्यस्तो निर्णय गर्न नहुने पक्षमा उभिएका थिए । बुधबार पनि देउवा र निधिबीच महानिरीक्षक नियुक्तिका विषयमा छलफल भएको थियो । देउवाले चन्दलाई पुन: महानिरीक्षक बनाउनुपर्ने दबाब दिएका थिए ।

 

 


rajan

Hot News

 

SEARCH

Newsletter

Top