Hot News
संविधान संशोधन प्रयास असफल ; आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै चरणमा हुने ; अब ट्याक्सीमा बिल प्रिन्टिङ सिस्टम लागु हुने ; हामीलाई दोषी देखाउन संशोधन प्रस्ताव ल्याइयो। ; पत्रकार महासङ्घको नेतृत्व चयन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने
Home > News > Political

एकीकरण पछि गच्छदारको पार्टी बन्यो पाँचौ ठूलो दल

Thursday, 04.06.2017, 12:23pm (GMT+6.5)    | Comment | Print | Tell friend

 २४ चैत २०७३

काठमाडौ

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय जनमुक्ति पार्टी र दलित जनजाति पार्टीबीच एकीकरण भएको छ। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच तीन पार्टीको एकीकरण घोषणा गरिएको हो। एकीकरणपछि पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राखिएको छ। एकीकरणसँग यो पार्टी संसदमा पाँचौ ठूलो दल बनेको छ। फोरम लोकतान्त्रिकका १४, जनमुक्ति पार्टीका २ र दलित जनजाति पार्टी १ जनासहित यो पार्टीका १७ सांसद पुगेका छन्। संसदमा १५ सिट रहेको संघीय समाजबादी फोरम अब छैठौं ठूलो दल बनेको छ। संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संख्या पनि अब २८ हुने भएको छ। अहिले संसदमा ३० दलको प्रतिनिधित्व छ। तीन पार्टीको एकीकरणपछि लोकतान्त्रिक फोरमको केन्द्रीय कमिटी २ सय ७१ सदस्यीय बनाइने फोरमका नेता योगेन्द्र चौधरीले जानकारी दिए। घोषणा कार्यक्रममा बोल्दै लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले कांग्रेस, एमाले र माओवादीको बिकल्पमा जनताले नयाँ पार्टी खोजेको र त्यो पार्टी लोकतान्त्रिक फोरम हुने दावी गर । उत्पीडनमा परेका जनजाति, दलित मधेसीलाई समेटेर आफ्नो पार्टी अघि बढ्ने भन्दै उनले निर्वाचनमा आफ्नो पार्टीको जित निश्चित रहेको बताए।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top