Hot News
बाटो काट्दै हुनुहुन्छ ? जरिवानामा पर्नुहोला ? ; राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति ; गायक/गीतकार/संगीतकार/सन्तोस आङदेम्बे मोडलीङ तिर ; नेपाली सिने जगतका वरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ उपचार सहयोग रकम हस्तान्तरण । ; स्पारिङ तथा पुम्से च्याम्पियनसिपमा युनाइटेड क्लबलाई १४ गोल्ड मेडल
Home > News > Political

संविधान संशोधनमा दबाब दिन आज काठमाडौंमा शक्ती प्रर्दशन

Monday, 04.03.2017, 01:27pm (GMT+6.5)    | Comment | Print | Tell friend

चैत्र २१, २०७३

        परिमार्जन सहितको संविधान संशोधनमा दबाब दिन आज काठमाडौंमा शक्ती प्रर्दशन गर्ने संघीय गठबन्धनले जनाएको छ । संविधान संशोधन र स्थानीय निर्वाचनमा सहमती जुटाउने दलहरुका पछिल्ला प्रयास निश्कर्षविहीन भएपछि सरकारलाई दबाब दिने उद्धेश्य सहित मधेशी मोर्चा सहितको गठबन्धनले काठमाडौंमा शक्ति प्रर्दशन गर्न लागेको हो । रत्नपार्कको शान्तिवाटीकामा दिउँसो २ बजे सूरु हुने प्रर्दशन रत्नपार्क, भद्रकाली हुदै न्युरोडमा पुगेर सभामा परिणत हुने राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनभुयो ।    

   सभालाई गठबन्धन आबद्ध २५ वटै दलका प्रमुख सहित गठबन्धन संयोजक उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम छ ।  संघीय आयोग मार्फत सिमांकनको बिषय टुङ्गो लगाउने र बाकी विषयमा संशोधन अघि बढ्ने सरकारको प्रस्तावमा मधेशी मोर्चाले स्थानीय निर्वाचनको मिति सार्न अनुरोध गरेपछि जारी गतिरोध लम्बिने संकेत देखिएको छ । बैशाख ३१ गतेका लागी तय भएको स्थानीय निर्वाचनमा निर्धारित मितिमै सम्पन्न गर्ने गरि सत्तारुढ दल तथा प्रतिपक्षी एमालेले मधेशी मोर्चालाई सहमतीमा ल्याउने प्रयास जारी राखेका छन ।   

 


Rajan

Hot News

 

SEARCH

Newsletter

Top