Hot News
ऐतिहासिक सिन्धुलीगढीको पुननिर्माण गुरुयोजना बनाउन गैरआवासीय नेपाली संघले सघाउने ; धनकुटा तनावग्रस्त, क्षेत्रीय प्रशासकको कार्यालयमा आगजनी ; नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने ; सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन
Home > News > Political

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई प्रहरीद्धारा पक्राउ, भित्रै धर्ना बस्ने

Sunday, 04.02.2017, 02:41pm (GMT+6.5)    | Comment | Print | Tell friend

२० चैत २०७३

काठमाडौ

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान निर्वाचन आयोग घेराउ गर्न गएका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई आयोगको कान्तिपथस्थित कार्यालयमा धर्ना दिएका भट्टराईसहित नयाँ शक्ति नेतृसमेत रहेकी पत्नी हिसिला यमी, नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल पनि पक्राउ परेका छन्।

जुलसससहित धर्नाका लागि अयोगको केन्द्रीय कार्यालय बहादुरभवनतर्फ अघि बढेका भट्टराईसहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई पुलिस क्लबमा राखिएको छ। प्रधानमन्त्री बाबुराम भट्टराई निर्वाचन आयोगले निर्वाचन चिन्ह नदिए सम्म प्रहरी नियन्त्रण भित्रै धर्ना बस्ने भएका छन्।

दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलले निर्वाचन आयोगमा धर्ना दिएका हुन्। नयाँ शक्तिलगायतका निर्वाचन आयोगमा दर्ता भएका ६४ दलले स्थानीय तह चुनावमा दलीय चुनाव चिन्ह नदिएको भन्दै कान्तिपथस्थित निर्वाचन आयोग अगाडि धर्ना दिएका हुन्। उनीहरुले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई ज्ञापन पत्र दिएका थिए । नयाँ शक्तिले बिहीबार नै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै ऐन संशोधनका लागि ४८ घण्टाको समय दिएको थियो। समयसीमाभित्र ऐन संशोधन नभएको भन्दै नयाँ शक्तिसहितका दलले बिहान ९ बजेदेखि ११ बजेसम्म आयोगसहित देशभरका कार्यालयमा धर्ना दिएका हुन् । यसैबीच नयाँ शक्ति पार्टी मुख्यालय बबरमहलमा आज दिउँसो तीन बजे भोलिका कार्यक्रमबारे पत्रकार सम्मेलन गर्ने भएको छ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top