Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > Political

राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप अवस्था तनावग्रस्त

Monday, 03.20.2017, 02:46pm (GMT+6.5)    | Comment | Print | Tell friend

७ चैत २०७३

काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप भएको छ। पार्टी विधानमा रहेको हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाएको विरोधमा निर्वाचन आयोगमा धर्ना दिन गएका पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ अहिलेसम्म प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ। जमल, कान्तिपथको अवस्था तनावग्रस्त छ।

कार्यालय रहेको बहादुर भवनतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो। जबर्जस्ती गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। राप्रपा कार्यकर्ता आयोग कार्यालय रहेको बहादुर भवनतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो। जबर्जस्ती गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो।

निर्वाचन अायोगले संविधानको व्यवस्था देखाएर राप्रपाको पार्टी उद्देश्य खारेज गरिदिएको थियो। संविधानमा रहेको राजनीतिक दलसम्बन्धी व्यवस्थामा कुनै राजनीतिक दलको नाम, उद्देश्य, चिन्ह वा झन्डा देशको धार्मिक वा साम्प्रदायिक एकातामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको रहेछ भने भने त्यस्तो दल दर्ता हुने छैन भन्ने व्यहोरा उल्लेख छ। संविधानको सो व्यवस्थाअनुसार योगले राप्रपा विधानबाट 'हिन्दू राष्ट्र र राजतन्त्र...' हटाएको थियो।

राप्रपाले योगको निर्णयविरुद्ध सदनमा संविधान संशोधन प्रस्ताव समेत लगेको छ। उसले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने पर्ने भन्दै संसद सचिवालयमा इतबार संशोधन प्रस्ताव दर्ता गराएको थियो।

 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top