Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > Political

आन्दोलनको थप रणनीति बनाउन संघीय गठबन्धनको बैठक बस्दै

Thursday, 03.16.2017, 11:17am (GMT+6.5)    | Comment | Print | Tell friend

चैत्र ३, २०७३

           मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनको बैठक आज बस्दैछ । माग सम्बोधनमा सरकार गम्भिर नभएको भन्दै समर्थन फिर्ता लिदै आन्दोलनमा जाने निर्णय गरेको मधेशी मोर्चाले त्यसलाई राष्ट्रिय स्वरुप आदिवासी जनजाति दल सम्मिलित गठबन्धनसंग बैठक गर्न लागेको हो । काठमाण्डौको तीनकुनेस्थित संघिय समाजवादी फोरमको केन्द्रिय कार्यलय बस्ने बैठक दिउँसो २ बजेका लागि बोलाईएको छ ।

            स्थानीय निर्वाचन घोषणा फिर्ता र संशोधन प्रस्ताव पारित गर्नुपर्ने आफ्ना मागमा सरकार गम्भिर नदेखिएको भन्दै मधेशी मोर्चाले चैत १५ गते जिल्लास्थित निर्वाचन कार्यक्रम घेराउ लगायतका आन्दोलनका कार्यक्रम तय गरेको थियो । गठबन्धनसंगको बैठकले  आन्दोलनलाई राष्ट्रिय स्वरुप दिएर देशव्यापी रुपमा बनाउने, स्थानीय निर्वाचनको विरोध र संशोधन प्रस्तावका बिषयमा जनदबाब सिर्जना गर्ने लगायतका कार्यक्रम  सार्वजनिक हुने मोर्चाका एक नेताले बताए । बैशाख ३१ गतेका लागि तय स्थानीय निर्वाचन अगाडी संशोधन प्रस्ताव अघि बढ्ने संकेत नदेखिएपछि मधेशी मोर्चा आन्दोलनको तयारीमा जुटेको छ ।   


Rajan

Hot News

 

SEARCH

Newsletter

Top