Hot News
सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै
Home > News > Political

स्थानीय निर्वाचनका लागि सीमांकन हेरफेर अनिवार्य छैन : प्रधानमन्त्री दाहाल

Tuesday, 03.14.2017, 02:23pm (GMT+6.5)    | Comment | Print | Tell friend

१ चैत्र २०७३

 काठमाडौ

 प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनका लागि संविधानमा सीमांकन हेरफेर आवश्यक नरहेको बताएका छन् । मंगलबार बिहान ललितपुर महानगरपालिकाबाट स्थानीय तहको कार्यालय सञ्चालन तथा कार्य प्रारम्भ समारोहलाई उदघाटन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘संशोधन जतिबेला सकारात्मक वातावरण बन्छ । राजनीतिक समझदारी भएपछि त्यतिबेला पास होला । निर्वाचन गर्न संविधानमा सीमाकंन हेरेफेर अनिवार्य छैन ।उनले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमा सीमांकन संशोधन बिना नै स्थानीय तहको निर्वाचनमा जाने सकिने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचन अघि सीमांकन हेरफेर अनिवार्य नरहेको बताउँदै  चुनावमा सहभागी हुन मधेसकेन्द्रित दललाई  समेत अपिल गरेका छन् ।  दाहालले मधेसी जनता पनि उत्साहजनकरुपमा स्थानीय तहको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे । मैले पनि मधेसी जनताको अधिकारका लागि लडेको छु,’ उनले भने, ‘मैले नेतृत्व गरेको जनयुद्धमा १३ सय मधेसीले योगदान गरेका छन्, म त्यसको ऋणी छु ।’ ‘गाउँ पञ्चायत गाउँ पालिका, नगरपञ्चायत नगरपालिकामा परिवर्तनमात्रै भएको होइन,’ उनले भने, ‘यो आमूल परिवर्तनको प्रतिक हो, क्रान्तिकारी परिवर्तनको प्रतिक हो । 

सिंहदरवारमा निहीत रहेको अधिकार गाउँ नगर र टोलमा गएको बताउँदै उनले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका धेरै अधिकार स्थानीय तहमै हुने उल्लेख गरे । प्रधानमन्त्रीले स्थानीय तह कार्यान्वयनसँगै गणतन्त्रको उज्यालो जनता आफैंले अनुभूति गर्ने वातावरण बनेको बताए ।

कार्यक्रममा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय निकायलाई साइनबोर्ड फेरेरमात्रै गाउँपालिका, नगरपालिका, उपमहानगर र महानगरपालिका नबनाएको बताए ।  संख्याको हेरफेर र आकारमा परिवर्तमात्र भएको होइन,’ उनले भने, ‘नेपालको शासन व्यवस्था आधुनिक नेपाल निर्माणदेखि जुन संरचनामा थियो, त्यसमा आमूल परिवर्तन भएको छ ।थापाले सरकारलाई स्थायित्व दिएर चुनाव गर्नकै लागि आफू सरकारमा सहभागी भएको बताए ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top