Hot News
ऐतिहासिक सिन्धुलीगढीको पुननिर्माण गुरुयोजना बनाउन गैरआवासीय नेपाली संघले सघाउने ; धनकुटा तनावग्रस्त, क्षेत्रीय प्रशासकको कार्यालयमा आगजनी ; नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने ; सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन
Home > News > Political

अब स्थानीय तहको संख्या ७ सय ४४ पुग्ने

Monday, 03.06.2017, 12:09pm (GMT+6.5)    | Comment | Print | Tell friend

२३ फागुन २०७३

काठमाडाै

सरकारले स्थानीय तहको संख्या बढाएर ७ सय ४४ बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषदको आइतबार बसेको बैठकले सरकारले २ नम्बर प्रदेशका ८ र प्रदेश नम्बर १ मा १ र प्रदेश नम्वर ४ का एक/एक जिल्लामा गरि १९ तह थप गरी स्थानीय तहको संख्या बढाइएको हो। यसअघि बालानन्द पौडेल नेतृत्वको पुनर्संरचना आयोगले ७ सय १९ स्थानीय तह सिफारिस गरेको थियो।

मधेसी मोर्चा तिब्र असन्तुष्टि पछि हितराज पाण्डेको नेतृत्वमा बनेको कार्यदलले आयोगले सुरूमा तोकेको अधिकतम सीमालाई नै मान्यता दिएको हो। मन्त्रिपरिषदको आइतबार बेलुका बसेको बैठकले स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन अध्ययन गर्न गठित मन्त्रीस्तरीय कार्यदलले तयार पारेको प्रतिवेदन बुझदै स्थानीय तहको संख्या बढाउने निर्णय गरेको हो। बैठकले मनाङ, खोटाङ, बजाङ र नुवाकोटमा दखिएको विवाद समाधान गर्न एक/एक वटा गाउँपालिका र एकाई निर्माण गर्ने निर्णय गरेको छ । मधेसी मोर्चालाई सहमतिमा ल्याएर चुनाव गराउनु आफूहरुको उद्देश्य भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाटो खुला राख्ने निर्णय गराएका हुन् ।

प्रदेश नम्बर दुईमा २१ स्थानीय तह थप भएको छ । ७ सय १९ हुँदा प्रदेश नम्बर २ मा १०६ स्थानीय तह हुन्थ्यो । अब १ सय २७ पुगेको छ, जुन इलाका हुँदा सरह हो । काठमाडौंमा दुई स्थानीय तह थपिएको छ। शंखरापुर र दक्षिणकालीलाई नगरपालिका बनाइएको छ। स्थानीय तह थप गर्ने निर्णयलाई छिटै राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा लैजाने निर्णसमेत बैठकले गरेको छ । बैठकले स्थानीय विकास मन्त्रालयमार्फत स्थानीय निकायको पुनसंरचनाको प्रतिवेदन निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top