Hot News
ऐतिहासिक सिन्धुलीगढीको पुननिर्माण गुरुयोजना बनाउन गैरआवासीय नेपाली संघले सघाउने ; धनकुटा तनावग्रस्त, क्षेत्रीय प्रशासकको कार्यालयमा आगजनी ; नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने ; सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन
Home > News > Political

गाई नै चिन्ह

Friday, 03.03.2017, 02:45pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडाै

राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव चिन्ह गाई राख्ने निर्णय गरेको छ । राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा २ दिनसम्म चलेको केन्द्रिय समितिको बैठकले गाईलाई चुनाव चिन्ह राख्ने निर्णय गरेको सो पार्टीका नेता राजाराम श्रेष्ठले सहभागि एक नेताले बताउनुभयो । तत्कालिन राप्रपा र राप्रपा नेपाबीच एकता भएपछि हलो र गाई कुन चुनाव चिन्ह राख्ने भन्ने बिषयमा पार्टी भित्र विवाद देखिएको थियो । केन्द्रिय समिति बैठकमा बोल्ने अधिकांश सदस्यले चुनाव चिन्ह गाई नै उपयुक्त हुने धारणा राखेपछि सर्बसम्मत पारित गरेकाे हाे । केन्द्रिय समितिले गरेको निर्णय बारे छिट्टै निर्वाचन आयोगलाई जानकारी गराउने सो पार्टीले जनाएको छ ।  बैठकमा आसन्न स्थानीय निकायको निर्वाचनको तयारी, स्थानीय तहमा निर्माण गरिने सांठगठिक संरचना तथा जिम्मेवारी बाँडफाँडका बिषयमा समेत छलफल भएको सो पार्टीले जनाएको छ ।       


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top