Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Political

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा सभापतिमा निर्वा्चित

Tuesday, 03.08.2016, 07:07am (GMT+6.5)    | Comment | Print | Tell friend

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा सभापतिमा  निर्वा्चित हुनु भएको छ । सोमबार भएको दोश्रो चरणको मतदानमा रामचन्द्र पौडेललाई बहुमतले पराजित गर्दै देउवा पहिलो पल्ट नेपाली कांग्रेसको सभापतिमा चयन हुनु भएको हो । 
देउवाले १८ सय २२ मत पाउनु भयो भने पौडेलले १२ सय ९६ मत पाउनु भयो । कुल ३१ सय २० मत खसेकोमा बाँकि मत बदर भएको छ । देउवा सभापतिमा विजयी भएसँगै मतगणना स्थलमा अहिले उहाँका समर्थकले नारावाजी गरेर खुसीयाली मनाइरहेका छन् ।
आइतबार भएको चुनावमा देउवा, पौडेल र अर्का उम्मेदवार कृष्णप्रसाद सिटौला कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत नल्याएका कारण सोमबार दोश्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा कम मत ल्याउने सिटौला बाहिरिएका कारण सोमबार देउवा र पौडेलबिच प्रतिस्पर्धा भएको हो ।
उहाँ २०५७ सालमा  पोखरामा भएको दशौं महाधिबेशनदेखि कांग्रेसको सभापतिमा उठ्दै आउनु भएको थियो । २०५७ सालमा गिरिजाप्रसाद कोइरालासँग हारेका देउवाले २०६७ सालमा भएको बाह्रौं महाधिबेशनमा सुशील कोइरालासँग पराजय भोग्नु भएको थियो । 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top