Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Political

नेपाली कांग्रेको दोस्रो चरणको चुनाव सोमबार दिउँसो २ बजेपछि

Monday, 03.07.2016, 10:44am (GMT+6.5)    | Comment | Print | Tell friend



नेपाली कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणको चुनाव सोमबार दिउँसो २ बजेपछि हुने भएको छ । भृकुटीमण्डपमा दिउँसो २ बजेदेखि ५ बजेसम्म चुनाव हुने निर्वाचन समितिले जनाएको छ । उम्मेदवार र मतदाताले समर्थन जनाएमा मंगलबार बिहान मात्रै मतगणना गर्ने समितिको तयारी छ । मतदानमा खटिएका नेता कार्यकर्ता आइतबार राति सुत्न नपाएकोले मंगलबार मात्रै गणना गर्ने समितिको तयारी हो । तर दबाब आएमा सोमाबार राति नै राती मतगणना हुने समितिले जनाएको छ । यसैविच नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेरबहादुर देउवाले महाधिवेशन प्रतिनिधिले आफूलाई विजयी गराइसकेको उल्लेख गर्नु भएको छ । नेता देउवाले ट्वीटमा कार्यकर्ताले आफूलाई विजयी गराइसकेको उल्लेख गर्नु भएको हो । नेता देउवाले आइतबार भएको मतदानमा १५ सय ६४ मत पाउनु भएको थियो । दिउँसो दुई बजेदेखि सुरु हुने मतदानमा उहाँले रामचन्द्र पौडेलसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । पौडेलले ११ सय ६० मत पाउनु भएको थियो । सभापतिका अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलाले भने तीन सय २४ मत मात्रै पाउनुभयो ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top