Hot News
मौन अवधी शुरु, मतदाता परिचयपत्र वितरण गरिदै ; स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा
Home > News > Political

नेपाली काँग्रेसको आजै राति सभापतिको परिणाम आउने

Sunday, 03.06.2016, 07:07pm (GMT+6.5)    | Comment | Print | Tell friend



नेपाली काँग्रेसको आगामी नेतृत्व चयन गर्न मतदान जारी रहेको बेला सभापतिका तीनै उम्मेदवार शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलामध्ये को विजयी होला भन्ने विषय यतिखेर सबैको चासो बनिरहेको छ । पार्टीमा कार्यबाहक सभापतिको जिम्मेवारी सम्हाल्नुभएका पौडेल, तीन पटक प्रधानमन्त्री भइसक्नुभएका वरिष्ठ नेता देउवा र महामन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका सिटौलाले आ–आफ्नो पक्षमा मत परिणाम आउने दाबी गरिरहनुभएको छ । 

काँग्रेसमा संस्थापन र नेता देउवा गरी प्रमुख दुई वैचारिक गुट रहेका देखिन्छ । पौडेल र सिटौलाले संस्थापन पक्षको नेतृत्व गर्नुहुन्छ भने नेता देउवा आफ्नो गुटबाट सभापतिका एक्ला उम्मेदवार हुनुहुन्छ । पार्टीको १२ औँ महाधिवशेनपछि काँग्रेसमा संस्थापन र नेता देउवा पक्षबीच ६०÷४० को हैसियतमा भागबण्डा लाग्ने गरेकामा १३ औँ महाधिवेशनसम्म पुग्दा भने त्यसमा परिवर्तन आएको बताइन्छ । पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि आज बिहान ८ं४५ बजेदेखि जारी मतदान अपरान्ह्सम्म भएको छ  ।

आजै राति सभापतिको परिणाम आउने काँग्रेसको निर्वाचन समितिले जनाएको छ । तीनै उम्मेदवार निर्वाचनमा आफू नै विजयी हुने दाबी गर्नुहुन्छ । नेता देउवा पक्षले संस्थापन पक्षबाट दुई उम्मेदवार मैदानमा उत्रिएकाले सभापतिमा देउवा पहिलो चरणमै विजयी हुने ठोकुवा गरेको छ । तर यसमा संस्थापन पक्षको विश्लेषण भने फरक छ । 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top