Hot News
मौन अवधी शुरु, मतदाता परिचयपत्र वितरण गरिदै ; स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा
Home > News > Political

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा आज नयाँ नेतृत्व र कार्य समिति चयनका लागि निर्वाचन हुँदै

Sunday, 03.06.2016, 10:07am (GMT+6.5)    | Comment | Print | Tell friend

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा आज नयाँ नेतृत्व र कार्य समिति चयनका लागि निर्वाचन हुँदैछ । काठमाडौंको राष्ट्रिय सभा गृहमा विहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने छ । मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसका ३ हजार १ सय ६१ प्रतिनिधिले मताधिकार प्रयोग गर्दैछन् । निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीका अनुसार निर्वाचनका लागि नौ किसिमका मतपत्र बनाइएको छ ।
सभापतिको एउटा र महामन्त्री एवं कोषाध्यक्षका लागि मतपत्र हुनेछन् । त्यस्तै, खुल्लातर्फका २५ सदस्य र प्रदेशबाट दुई दुई जनाका दरले निर्वा्चित हुने सदस्यका लागि छुट्टा छुट्टै मतपत्र बनाइएको छ ।
आरक्षित कोटाबाट निर्वा्चित हुने महिला, जनजाति, मधेसी, दलित र मुस्लिम उम्मेदवारका लागि पनि छुट्टाछुट्टै मतपत्र हुनेछन् । सबै मतपत्र फरक रंगका हुनेछन् ।
आज मतदान सम्पन्न भएलगत्तै सभापति पदको मतगणना सभागृहमा नै गरिनेछ । यदि कुनै उम्मेदवारले खसेको कूल मतको स्पष्ट बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउन नसकेमा तीन जनामध्ये पहिलो र दोस्रो उम्मेदवारबीच सोमबार पार्टी मूख्यालय सानेपामा निर्वाचन गर्ने व्यवस्था मिलाइएको छ ।
अरु पदको मत गणना भने पार्टी मूख्यालय सानेपामा गरिने व्यवस्था गरिएको छ ।
यसअघि हिजो सम्पन्न बन्द सत्रले प्रतिनिधिहरुको सुझावसहित विभिन्न प्रतिवेदन पारित गरेको छ । कार्यवाहक सभापति रामचन्द्र पौडेलका तर्फबाट नेता महेश आचार्यले पेश गरेको नीति तथा कार्यक्रम, महामन्त्री कृष्ण सिटौलाले पेश गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष चित्रलेखा यादवले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको हो ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top