Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Political

कांग्रेसको तेह्रौँ महाधिवशेनका ६५ पदमा ३ सय ७५ जनाले उम्मेदवारी मनोनयन दर्ता

Friday, 03.04.2016, 04:12pm (GMT+6.5)    | Comment | Print | Tell friend

नेपाली कांग्रेसको तेह्रौँ महाधिवशेनका ६५ पदमा ३ सय ७५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । सभापति र महामन्त्रीमा तीन–तीन जना र कोषाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ । 
सभापतिमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले तथा महामन्त्रीमा, अर्जुन नरसिंह केसी, शशांक कोइराला र गगन थापा तथा कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्णबहादुर कार्कीले उम्मेदवारी दिनुभएको छ । कोषध्यक्षका उम्मेदवार काकीले एकल उम्मेदवारी दर्ता गर्नुभएको हो भने बाँकी सबैले प्यानलसहित उम्मेदवारी दर्ता गरेका हुन् । केन्द्रिय सदस्यतर्फ खुला २५ सदस्यमा ९४ जनाको उम्मेदवारी परेको छ भने खुला महिला ६ सिटमा ४० जनाको उम्मेदवारी परेको छ ।  
यस्तै प्रदेशको १४ सिटका लागि १०२ जनाको उम्मेदवारी परेको छ । आदिवासी जनजाति पुरुष तीन सिटमा ५० जना तथा महिला दुई सिटमा १४ जनाको उम्मेदवारी परेको केन्द्रिय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिनुभयो । 
यस्तै दलिततर्फको तीन सिटमा २१ जना तथा महिलातर्फको दुई सिटमा ६ जनाको उम्मेदवारी परेको छ । मुस्लिमतर्फको एक सिटका लागि १०, मधेसी पुरुषतर्फ तीन सिटमा १८ र महिलातर्फ दुई सिटमा १० जनाले उम्मेदवारी दिएका छन् । 



bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top