Hot News
मौन अवधी शुरु, मतदाता परिचयपत्र वितरण गरिदै ; स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा
Home > News > Political

नेपाली कांग्रेसका कार्यवहाक सभापति रामचन्द्र पौडेलद्वारा प्यानल सहित उमेद्वारी दर्ता

Friday, 03.04.2016, 10:50am (GMT+6.5)    | Comment | Print | Tell friend


आज शुक्रबार पार्टी कार्यालय सानेपा नेपाली कांग्रेसका कार्यवहाक सभापति रामचन्द्र पौडेलले प्यानल सहित उमेद्वारी दर्ता गर्नुभएको छ ।  उहाँले महामन्त्रीमा सशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादवसहित उमेद्वारी दर्ता गराउनुभएको हो ।  बिहीबार बेलुकासम्ममा १ सय ७० जनाले विभिन्न पदमा उमेदवारी दर्ता गराएकामा शुक्रबार बिहानदेखि अहिलेसम्म झण्डै ५० जनाले उमेद्वारी दर्ता गरिसकेका निर्वाचन समितिले जनाएको छ ।
यसअघि बिहीबार वरिष्ठ नेता शेरबहादुर देउवाले प्यानलसहित उम्मेदवारी दर्ता गराउनुभएको थियो । देउवा समूहबाट देउवाले सभापतिमा, अर्जुन नरसिंह केसीले महामन्त्रीमा र चित्रलेखा यादवले कोषाध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको छ । पार्टी नेता केबी गुरुङको प्रस्ताव र अर्का नेता खुमबहादुर खड्काको समर्थनमा देउवाले उम्मेदवारी घोषणा गर्नुभएको हो । 
अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलाले पनि उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ । 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top